‘व्यावहारिक समालोचना’ कृतिमा आनन्ददेव भट्टको समालोचनाकारिता {Criticism of Anand Dev Bhatt in his book 'Practical Criticism'}

Authors

  • बालाकृष्ण Balakrishna अधिकारी Adhikari नेपाली केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय U

DOI:

https://doi.org/10.3126/scholars.v4i1.42675

Keywords:

प्रस्तुतीकरण, Item Description, Legislation, ricing, recedure, presentation, वस्तु विवरण, विधारधारा, मूल्यनिर्णय, प्रक्रियाबद्धता

Abstract

प्रस्तुत लेखमा ‘व्यावहारिक समालोचना’ कृतिका आधारमा यस कृतिका लेखक आनन्ददेव भट्टको समालोचनाकारिताकोविश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रस्तुत सन्दर्भमा समालोचनाकारिताले समालोचनाकृतिमा अन्तर्वस्तु र रूप दुवैकोसुन्दर संयोजन गर्ने समालोचकको कौशललाई बुझाएको छ । यस आलेखमा प्रगतिवादी समालोचनाका आधारभूतमान्यताको पुनर्संयोजन गरी समालोचनाको विश्लेषणका मापदण्ड निर्माण गरिएको छ र तिनै मापदण्डका आधारमासम्बद्ध कृतिको गुणात्मक विश्लेषण गरिएको छ । विश्लेष्य कृतिमा सङ्गृहीत १६ ओटा फुटकर समालोचनाहरू नै यसलेखका आधारभूत सामग्री हुन् भने पुननिर्मित प्रगतिवादी समालोचनाका मानदण्ड नै समालोचना वा समालोचनासङ्ग्रहविश्लेषणको अवधारणात्मक आधार हो । यस लेखमा अन्तर्वस्तुयोजनाका वस्तुविवरण, विचारधारा र मूल्यनिर्णय तथारूपयोजनाका प्रक्रियाबद्धता र प्रस्तुतीकरण गरी पाँचओटा मानदण्डका आधारमा सम्बद्ध समालोचनाकृतिको विश्लेषणर मूल्याङ्कन गरिएको छ । ‘व्यावहारिक समालोचना’ कृतिमा भट्टका स्रष्टापरक, कृतिपरक, प्रवृत्तिपरक, साहित्यकोआन्दोलनकेन्द्री र विधाको लक्षणशास्त्रकेन्द्री गरी पाँचओटा विषयक्षेत्रका समालोचना सङ्कलित छन् । सम्बद्ध तथ्यहरूकोपरीक्षण तथा सामान्यीकरणबाट प्रगतिवादी विचारधाराको प्रयोग गरी स्रष्टा, कृति र प्रवृत्तिको निर्भीक मूल्यनिर्णय गर्ने समालोचकआनन्ददेव भट्टका समालोचनाको अन्तर्वस्तु उपयुक्त भए पनि विधिपद्धतिको प्रयोग, प्रक्रियाबद्धता र प्रस्तुतीकरणका दृष्टिलेरूपयोजना अस्पष्ट, अव्यवस्थित र विशृङ्खलित रहेको निष्कर्ष निकालिएको छ । {In the present article, the critique of Anand Dev Bhatt, the author of this work, has been analyzed and evaluated on the basis of his work 'Practical Criticism'. In the present context, critique refers to the skill of the critic in combining both the content and the form in the work of critique. In this article, the criteria for the analysis of critique have been formulated by reconstituting the basic values ​​of progressive critique and the qualitative analysis of the related work has been done on the basis of those criteria. The 16 minor critiques collected in the analytical work are the basic material of this article, while the criterion of reconstructed progressive critique is the conceptual basis of critique or collection of critique analysis. This article analyzes and evaluates the relevant critique on the basis of five criteria, including the content of the content plan, ideology and pricing, and the process and presentation of the plan. In his work 'Practical Criticism', Bhatta's critiques are compiled in five areas including creative, creative, tendency-oriented, literary movement-centered and genre-centered. Although the content of the critique of Anand Dev Bhatt, who critically evaluates creators, works and trends using progressive ideology through examination and generalization of related facts, is appropriate, it is concluded that the plan is vague, disorganized and chaotic in terms of methodology, methodology and presentation.}

Downloads

Download data is not yet available.
Abstract
118
PDF
117

Downloads

Published

2021-12-31

How to Cite

अधिकारी Adhikari ब. B. (2021). ‘व्यावहारिक समालोचना’ कृतिमा आनन्ददेव भट्टको समालोचनाकारिता {Criticism of Anand Dev Bhatt in his book ’Practical Criticism’}. Scholars’ Journal, 4(1), 373–393. https://doi.org/10.3126/scholars.v4i1.42675

Issue

Section

Articles