प्रभावकारी शिक्षणः नेपाली शिक्षामा अध्ययनरत विद्यार्थीका विचार {Effective Teaching: Students' views on Nepali Education}

Authors

  • भागीरथा Bhagiratha न्यौपाने Nyaupane सानोठिमी क्याम्पस सानोठिमी, भक्तपुर

Keywords:

सिर्जनशीलता, निरन्तर मूल्याङ्कन, अन्तरक्रियात्मक कक्षा

Abstract

यस लेखमा कस्तो शिक्षण भयो भने नेपाली शिक्षा विषयका विद्यार्थीमा रुचि बढाउन सकिन्छ र उनीहरूले अपेक्षित सिकाइउपलब्धि हासिल गर्दछन् भन्ने प्रश्नको जवाफ खोजिएको छ। विद्यार्थीहरू के चाहन्छन्, उनीहरूको विचारमा शिक्षकले कस्तो विधि र प्रक्रिया अपनाउँदा शिक्षण उपलब्धिमूलक हुन्छ भन्ने बारेमा उनीहरूलाई नै सोधेर, उनीहरूका विचारपहिचान गरी उनीहरूकै अनुभवका आधारमा प्रभावकारी शिक्षणका उपायहरू खोजी गर्न‘ यस लेखको मूल उद्देश्य रहेको छ । यहाँ गुणात्मक अनुसन्धानको घटना प्रतिक्रिया अध्य (फेनोमेनोलोजी) विधिको प्रयोग गरी अन्तर्वार्ताका माध्यमबाट सूचना सङ्कलन गरिएको छ । सहभागीहरूबाट आएका सूचनालाई छोटा–छोटा बुँदा बनाई (कोडिङ गरी त्यसलाई समूह विभाजनगरेर मुख्य शीर्षकमा पुगी विश्लेषण गरिएको छ यस अनुसन्धानले शिक्षकमा पर्याप्त विषयवस्तुको ज्ञान हुनुपर्ने, अन्तरक्रियात्मक कक्षामा विद्यार्थीको रुचि बढ्ने, अध्यापन गर्दा एकोहोरो विषयवस्तुका बारेमा मात्र बताउनु भन्दा समसामयिक, व्यावहारिक, तात्कालिक र स्थानीय प्रसङ्गका कुराहरू जोडेर विद्यार्थीमा अभिरुचि जगाउनु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ यसका साथै शिक्षकले बेला–बेलामा आफ्नो शिक्षण क्रियाकलापको बारेमा पृष्ठपोषण लिंदै सुधारात्मक शिक्षण गर्न‘ पर्ने जस्ता महत्त्वपूर्ण कुराहरू सहभागीको तर्फबाट आएका छन् त्यसैले यस लेखले शिक्षण कार्यमा संलग्न शिक्षकहरूका साथै सरोकारवालाहरू सबैलाई सहयोग पुग्न सक्छ भन्ने अपेक्षा गरिएको छ l

Abstract
207
PDF
0

Author Biography

भागीरथा Bhagiratha न्यौपाने Nyaupane, सानोठिमी क्याम्पस सानोठिमी, भक्तपुर

उप– प्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

प्रभावकारी शिक्षणः नेपाली शिक्षामा अध्ययनरत विद्यार्थीका विचार {Effective Teaching: Students’ views on Nepali Education}. (2022). Scholars’ Journal, 5(1), 208-227. https://doi.org/10.3126/scholars.v5i1.55813

Issue

Section

Articles

How to Cite

प्रभावकारी शिक्षणः नेपाली शिक्षामा अध्ययनरत विद्यार्थीका विचार {Effective Teaching: Students’ views on Nepali Education}. (2022). Scholars’ Journal, 5(1), 208-227. https://doi.org/10.3126/scholars.v5i1.55813