घरेलु महिला हिंसाःशिवशंकरटोल, भी.न.पा.–१८ कन्चनपुरको अवस्था विश्लेषण {Domestic violence against women: Situation analysis of Shivshankartol, B.N.P.-18 Kanchanpur}

Authors

  • निर्मला कुमारी Nirmala Kumari वम Bam सुदूरपश्चिम विश्वविद्यालय, कन्चनपुर

Keywords:

लैङ्गिक असमानता र दुव्र्यवहार, पितृसत्तात्मक, घरेलु महिला हिंसा, निर्णय प्रक्रिया, सामाजिक–आर्थिक अवस्था, Gharelu Mahila Himsha, Nirnaya Prakriya

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख भी.न.पा.–१८, शिवशंकर टोल कन्चनपुरमा घरेलु महिला हिंसाको अवस्था शीर्षकमा केन्द्रित रहेको छ । घरेलु हिंसाको कारण पारिवारिक स्थिति, आर्थिक, सामाजिक, राजनैतिक, वैवाहिक स्थितिसँग सम्बन्धित समस्याहरू पुरूषको तुलनामा महिलाहरू नै भोग्न बाध्य हुनुपर्ने कारणहरू, यसका रूप एवम् परिणामहरूको बारे बोध गर्न‘ यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यसको अध्ययन विधिमा वर्णनात्मक एवं विश्लेषणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरेको छ शिवशंकर टोलका २३६ घरधुरी मध्येबाट ५५ घरधुरीका महिलाहरूलाई उत्तरदाताको रूपमा संलग्न गरिएको अध्ययनमा महिलाहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी, अवलोकन, घरधुरी सर्वेक्षण आदि कार्यबाट महिलाहरूले भोग्नु परेको घरेलु हिंसाको बारेमा मुख्यतया तथ्यको नजिक पुग्ने अध्ययनमा संलग्न गरिएका ५५ जना महिलाहरूको पारिवारिक स्थिति, आर्थिक, सामाजिक, राजनैतिक, वैवाहिक स्थिति लगायत हिंसाबाट पिडित हुनुको मुख्य कारणहरू, यसकारूप एवम् परिणामहरू खोतल्नु रहेको छ । महिलाहरूले भोग्नु परेका घरेलु हिंसा र यससँग सम्बन्धित सामाजिक, आर्थिक,राजनैतिक, पारिवारिक, शैक्षिक लगायतका विषयवस्तुसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिन आउने कुराहरूलाई उजागर गरी केही मात्रामा प्रस्फुटन गर्ने कोशिश गरिएको छ । नेपाली समाजमा गहिरो जरा गाडेको पितृसत्ता र लैङ्गिक भूमिकाका कारण महिलामाथि हुने हिंसा जहिले पनि व्याप्त छ । नेपालमा पितृसत्तामा केन्द्रित एउटा सामाजिक संरचना विद्यमान छ । महिलाहरूलाई कानुनी, आर्थिक वा सामाजिक निर्णय गर्ने कुनै स्वतन्त्रता दिइएको छैन, जसले गर्दा महिलाहरुको जीवन दिनानुदिन संकटग्रस्त हुन पुगेको छ ।

Abstract
222
PDF
0

Author Biography

निर्मला कुमारी Nirmala Kumari वम Bam, सुदूरपश्चिम विश्वविद्यालय, कन्चनपुर

उपप्राध्यापक, मानविकी तथा समाजशास्त्र विभाग

Downloads

Published

2022-12-31

How to Cite

घरेलु महिला हिंसाःशिवशंकरटोल, भी.न.पा.–१८ कन्चनपुरको अवस्था विश्लेषण {Domestic violence against women: Situation analysis of Shivshankartol, B.N.P.-18 Kanchanpur}. (2022). Scholars’ Journal, 5(1), 228-246. https://doi.org/10.3126/scholars.v5i1.55833

Issue

Section

Articles

How to Cite

घरेलु महिला हिंसाःशिवशंकरटोल, भी.न.पा.–१८ कन्चनपुरको अवस्था विश्लेषण {Domestic violence against women: Situation analysis of Shivshankartol, B.N.P.-18 Kanchanpur}. (2022). Scholars’ Journal, 5(1), 228-246. https://doi.org/10.3126/scholars.v5i1.55833