भेट कविताको संरचनात्मक विश्लेषण

Authors

  • टीकाराम नेपाल

DOI:

https://doi.org/10.3126/shantij.v2i1.53755

Keywords:

अभिमुखीकरण, पुष्टीकरण, प्रगीतात्मक, भावोत्थान, संरचनावाद

Abstract

प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्टि तथा वस्तु वा कृतिको सम्पूर्णता तथा त्यसको निर्माण गर्ने घटकहरूको कुलयोगलाई नै संरचना भनिन्छ । पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठता जस्ता गुणहरुकै कारण कविताको विशिष्ट संरचना निर्माण भएको हुन्छ । वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता बुनोट र यिनीहरुको समग्रताबाट कविताको बनोट निर्माण भएको हुन्छ । भाषाशैलीय विन्यासभित्र पनि भाषा, शैली, बिम्ब, प्रतीक, अलङ्कार, छन्द, लय जस्ता अवयव पर्दछन् । संरचनात्मक दृष्टिले आख्यानात्मक, नाटकीय र प्रगीतात्मक गरी कविताका तीन प्रकार रहन्छन् । एउटै केन्द्रीय कथ्यमा वर्तुलित विस्तार भएकोे कवितालाई प्रगीतात्मक कविता भनिन्छ । प्रगीतात्मक कविताको संरचनात्मक विश्लेषण गर्दा परिचय, विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता घटकलाई आधार मान्ने गरिएको पाइन्छ । संरचनात्मक दृष्टिले ।।।भेट’ कविताको विश्लेषण गर्नु नै प्रस्तुत लेखको मुख्य समस्या हो । अतः यहाँ संरचना विश्लेषणका यिनै घटकहरुलाई आधार मानी भेट कविताको विश्लेषण गरिएको छ । गोपालप्रसाद रिमालको ।।।भेट’ कवितालाई आधार सामग्रीका रूपमा लिइएको यस लेखमा संरचनात्मक विश्लेषणसम्बन्धी सिद्धान्त र साहित्यसमालोचनासम्बद्ध सामग्रीलाई द्वितीयक स्रोतका रूपमा ग्रहण गरिएको छ । सामग्री विश्लेषणका व्रmममा मूलतः वर्णनात्मक विधि अपनाइएको भए तापनि आवश्यकतअनुसार विश्लेषणात्मक विधिको समेत प्रयोग गरिएको छ । चार पङ्क्तिपुञ्जमा विस्तारित ।।।भेट’ कविता दृश्यहरुमा खासै विभक्त देखिँदैन । प्रजातन्त्रको उदयपूर्व रचिएको यस कविताले जनतामा देखिएको प्रजातन्त्रप्रतिको आस्थाभाव अभिव्यक्त भएको छ । तिमी र उनी मूल सहभागी रहेको यस कवितामा प्रजातन्त्र प्राप्तिका लागि उत्साहित जनतालाई व्रmान्ति गर्न कुर्न नहुने सन्देश व्यक्त भएको छ । कवितामा समध्वन्यात्मकताका कारण आन्तरिक लय प्रभावकारी बन्न पुगेको छ । पूर्ण, परिवर्तनशील र स्वायत्त संरचना भएका कारण संरचनात्मक दृष्टिले प्रस्तुत कविता सशक्त र प्रभावकारी रहेको निष्कर्ष यस अध्ययनले प्रस्तुत गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
38

Downloads

Published

2023-04-06

How to Cite

नेपाल ट. (2023). भेट कविताको संरचनात्मक विश्लेषण. Shanti Journal, 2(1), 140–158. https://doi.org/10.3126/shantij.v2i1.53755

Issue

Section

Articles