लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास

Authors

  • नेत्रप्रसाद न्यौपाने

DOI:

https://doi.org/10.3126/shantij.v2i1.53756

Keywords:

अणु, परमात्मा, ब्रह्म, मोक्ष, समाधि

Abstract

प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास राखिएको छ । पूर्वीय दर्शनसँग सम्बन्धित विषयलाई मुख्य केन्द्रविन्दु मानेर लेखनाथका सीमित फुटकर कविताहरूको विश्लेषण गरिएको छ । पौड्यालका फुटकर रचनाका सन्दर्भमा प्रशस्तै खोज, अनुसन्धान भए पनि उनका कवितामा पूर्वीय दर्र्शनको पृष्ठभूमि के हो र कविताभित्र पूर्वीय दर्शन कसरी विकसित हुँदै गएको छ भन्ने विषयमा आधिकारिक अनुसन्धान भएको छैन । तसर्थ लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि के हो र उनका कवितामा पूर्वीय दर्शनको अन्तर्विकास कसरी हुँदै गएको छ भन्ने मूल समस्याको समाधेय पक्ष नै यस लेखको निष्कर्ष हो । सामग्री सङ्कलनका रूपमा पुस्तकालय कार्यको अवलम्बन गरिएको यस लेखमा लेखनाथका ।।।वियोगिनी विलाप,’ ।।।वर्षा विचार’, ।।।कवि कवितालाप’, ।।।ईश्वर स्तुति पद्य’ १, नैतिक दृष्टान्त’, ।।।विज्ञानको मोह’, ।।।गौँथलीको चिरिबिरी’ र ।।।आखिरी कविता’ जस्ता फुटकर कविताहरूलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने द्वितीयक स्रोतका रूपमा पूर्वीय दर्शनका सैद्धान्तिक कृति र लेखनाथका कवितामा विश्लेषण गरिएका अनुसन्धानमूलक लेख, शोधग्रन्थ, पत्रपत्रिका वा पुस्तकहरूलाई आधार मानिएको छ । पूर्वीय दर्शनका मूलभूत मान्यताहरूलाई पृष्ठभूमि मानेर लेखनाथको बाल्यकाल, अध्ययन, शिक्षादीक्षासँग सम्बन्धित आधिकारिक प्रमाणका साथै उनका कविताहरूका पङ्क्तिहरूलाई दृष्टान्त दिएर पाठपरक विश्लेषण विधिको प्रयोग गरी यो लेख तयार पारिएको छ । लेखनाथ जीवनको प्रारम्भिक अवस्थादेखि नै पूर्वीय दर्शनका विविध पक्षहरूबाट प्रभावित देखिन्छन् । नैतिक पक्षमाथि बाल्यकालदेखि नै जोड दिँदै आएका लेखनाथको ६० बर्से लेखनयात्राको अधिकांश समय पूर्वीय दर्शनकै सेरोफेरोमा केन्द्रित रहेको छ । १९६३ को ।।।सुन्दरी’ पत्रिकामा प्रकाशित ।।।कलिका विलासी’ कविताबाट आध्यात्मिक पूर्वीय दर्शनका पक्षमा लेखकको कलम झुकेको छ । ।।।वर्षा विचार’ सम्म आइपुग्दा लेखनाथमा पूर्वीय दर्शनले गहिरो प्रभाव पारिसकेको छ भने १९९१ पछिका कविता काव्यहरूमा उनी पूर्णतः पूर्वीय दर्शनकै पक्षधर बनेर दर्शनलाई उत्कर्ष विन्दुमा पु¥याउन सफल बनेका छन् । पूर्वीय दर्शनलाई परिपाकमा पु¥याउन ।।।तरुण तपसी’ सर्वाधिक महŒवपूर्ण कृति मानिन्छ । जीवनको अन्तिम घडीमा आइपुग्दा ।।।आखिरी कविता’ रचेर कविले आफूलाई आध्यात्मिक तथा पूर्वीय दर्शनका पक्षमा उभ्याएका छन् भन्ने निष्कर्षमा यो लेख केन्द्रित छ । लेखनाथका कविताहरूको विश्लेषणले उनी पूर्वीय दर्शनका सशक्त कवि हुन् र बाल्यकालबाट नै उनमा पूर्वीय दर्शनको प्रभाव रहँदै आएको प्रमाणित गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
17

Downloads

Published

2023-04-06

How to Cite

न्यौपाने न. (2023). लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास. Shanti Journal, 2(1), 159–180. https://doi.org/10.3126/shantij.v2i1.53756

Issue

Section

Articles