पुन मगर समाजमा प्रचलित जन्मसंस्कार र परिवारको भूमिका
Keywords:
जन्म, संस्कार, मुर्मी, पुन मगर, परिवार, कुटुम्बAbstract
प्रस्तुत अध्ययन पुन मगर समुदायमा प्रचलित जन्म संस्कार तथा यसको संरक्षण, अभ्यास र हस्तान्तरणमा परिवारको भूमिकाको समाजमानवशास्त्रीय अध्ययनमा केन्द्रित छ । संस्कार मानव जीवनलाई जन्मदेखि मृत्युसम्म निर्देशित गर्ने सामाजिक तथा सांस्कृतिक अभ्यास भएकाले यसले व्यक्तिको आचरण, नैतिक मूल्य, सामाजिक जिम्मेवारी र सामुदायिक पहिचान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । पुन मगर समुदायमा गर्भधारणदेखि जन्म तथा जन्मपछिका विभिन्न चरणसम्म विशिष्ट धार्मिक विश्वास, सामाजिक मान्यता र व्यवहारिक अभ्यासहरू प्रचलित छन् । गर्भावस्थालाई संवेदनशील अवस्थाका रूपमा लिँदै केही धार्मिक, सामाजिक तथा दैनिक क्रियाकलापमा प्रतिबन्ध लगाउने र गर्भवती महिलाको व्यक्तिगत वस्तु अरूले प्रयोग गर्न नहुनेजस्ता विश्वासहरू पाइन्छन् । यस्ता सामाजिक तथा सांस्कृतिक अभ्यासको प्रकृति, निरन्तरता र परिवर्तनलाई गहिराइमा बुझ्न गुणात्मक अनुसन्धान विधिमा प्रयोग गरिएको छ । अध्ययनको मुख्य आधार क्षेत्र म्याग्दी र पर्वत जिल्ला रहे पनि नेपालका अन्य जिल्ला तथा विदेशमा बसोबास गर्ने पुन मगर समुदायलाईसमेत समेटिएको छ । अध्ययनले जन्म संस्कारमा परिवार, विशेषतः आमाबाबु, ज्येष्ठ सदस्य तथा समुदायका अगुवाहरूको भूमिका विश्लेषण गर्नुका साथै आधुनिकता, शिक्षा, बसाइँसराइ र सामाजिक परिवर्तनले संस्कारमा ल्याएको परिवर्तनलाई पहिचान गरेको छ । बदलिँदो सामाजिक परिवेशमा जन्म संस्कारको संरक्षण र पुस्तान्तरणका चुनौती तथा अवसर पहिचान गर्दै सांस्कृतिक पहिचानको निरन्तरतामा यसको महत्त्व उजागर गरिएको छ ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.