मगर गुठको प्रथाजन्य संस्थागत संरचना, भूमिका, चुनौती र समकालीन सान्दर्भिकताः एक अध्ययन
Keywords:
मगर गुठ, प्रथाजन्य संस्था, आदिवासी जनजाति, प्रथाजन्य शासन, सामुदायिक शासन, सांस्कृतिक अधिकार, प्राकृतिक स्रोत व्यवस्थापनAbstract
यस अध्ययनले तनहुँ जिल्लामा प्रचलित मगर समुदायको गुठ नामक प्रथाजन्य संस्थाको ऐतिहासिक विकास, संस्थागत संरचना, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा न्यायिक भूमिका, प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान, वर्तमान चुनौती र समकालीन सान्दर्भिकताको विश्लेषण गर्दछ । अध्ययनको उद्देश्य मगर गुठलाई आदिवासी समुदायको प्रथाजन्य शासन प्रणालीका रूपमा मूल्याङ्कन गर्नु तथा नेपालको कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डसँग यसको सम्बन्धको समीक्षा गर्नु हो । अनुसन्धान गुणात्मक विधिमा आधारित छ । तथ्याङ्क साहित्य समीक्षा, कानुनी दस्तावेज विश्लेषण, मौखिक इतिहास, सहभागी अवलोकन तथा प्रमुख जानकारसँगको अन्तर्वार्ताबाट सङ्कलन गरिएको छ । अध्ययनले मगर गुठले सामाजिक एकता, सांस्कृतिक निरन्तरता, धार्मिक परम्पराको संरक्षण, सामुदायिक सहयोग, मेलमिलापमा आधारित न्याय तथा वन, पानीलगायत प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याएको देखाउँछ । तथापि आधुनिकीकरण, बसाइँसराइ, औपचारिक कानुनी प्रणाली, संरक्षण–केन्द्रित नीति र युवा सहभागिताको कमीले यसको परम्परागत भूमिकामा चुनौती सिर्जना गरेका छन् । नेपालको संविधान, २०७२ ले सांस्कृतिक अधिकार स्वीकार गरे पनि प्रथाजन्य संस्थाको कानुनी मान्यता अपर्याप्त छ । ILO Convention No. 169, UNDRIP/CBD ले यस्ता संस्था, परम्परागत ज्ञान तथा सामूहिक अधिकारको संरक्षणमा जोड दिएका छन् । अतः मगर गुठलाई सांस्कृतिक सम्पदासँगै स्थानीय शासन, सामाजिक न्याय, जैविक विविधता संरक्षण र दिगो विकासको साझेदार संस्थाका रूपमा कानुनी तथा नीतिगत सुदृढीकरण आवश्यक छ ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.