मगर समुदायमा माघेसङ्क्रान्ति पर्वको आनुष्ठानिक, सांस्कृतिक र सामाजिक प्रभाव

Authors

Keywords:

मगर समुदाय, चेलीपूजा, झोप्ल्यानी, आदिवासी ज्ञान, अमूर्त सांस्कृतिक सम्पदा

Abstract

प्रस्तुत लेख मगर समुदायमा मनाइने माघेसङ्क्रान्ति पर्वका आनुष्ठानिक, सांस्कृतिक तथा सामाजिक आयामको समाजशास्त्रीय–मानवशास्त्रीय अध्ययनमा केन्द्रित छ । अध्ययनमा पुस्तकालय तथा क्षेत्रीय अध्ययनको मिश्रित विधि अपनाई गुणात्मक र व्याख्यात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । प्राथमिक तथ्यका रूपमा सहभागी अवलोकन, अन्तर्वार्ता तथा मौखिक परम्पराबाट प्राप्त सामग्री र द्वितीय स्रोतका रूपमा प्रकाशित पुस्तक, लेख तथा अनुसन्धानात्मक सामग्री प्रयोग गरिएको छ । अध्ययनले माघेसङ्क्रान्तिलाई मगर समुदायको ऐतिहासिक स्मृति, आदिवासी ज्ञान, नातेदारी, जीवनपद्धति, सामुदायिकता तथा अमूर्त सांस्कृतिक सम्पदाको जीवन्त अभिव्यक्तिका रूपमा देखाएको छ । धनुवाण तथा तारो हान्ने, सिस्नो खेल्ने, कन्दमूल खाने, झोप्ल्यानी तथा दहीचामलको टीका लगाउने, कुलपितृ तथा चेलीपूजा गर्ने, मिसरा (निस्रो) दिने र जान्या (वनभोज) जानेजस्ता अभ्यासले पर्वको बहुआयामिक स्वरूप अभिव्यक्त गर्छन् । कौराहा, डाम्फ्या स्याई, स्याम्बो, होम्पई, पैसेरु तथा विभिन्न नृत्य–संगीतले सांस्कृतिक विविधता र पुस्तान्तरणलाई निरन्तरता दिएका छन् । यद्यपि आधुनिकीकरण, बसाइँसराइ, बदलिँदो जीवनपद्धति तथा कमजोर पुस्तान्तरणका कारण केही अभ्यास क्षयीकरणमा छन् । अतः समुदायमा आधारित दस्तावेजीकरण, ज्ञान हस्तान्तरण तथा सांस्कृतिक अभ्यासको संरक्षण आवश्यक देखिन्छ ।

Abstract
9
pdf
4

Downloads

Published

2026-10-07

Issue

Section

Research Articles

How to Cite

Shrees Magar, M. (2026). मगर समुदायमा माघेसङ्क्रान्ति पर्वको आनुष्ठानिक, सांस्कृतिक र सामाजिक प्रभाव. Shodhmala शोधमाला, 12(1), 69–83. https://doi.org/10.3126/shodhmala.v12i1.100397