नेपाली र भोजपुरी भाषाका काल तथा पक्षको तुलना {Comparison of Tenses and Aspects of Nepali and Bhojpuri Languages}

Authors

  • नारायणप्रसाद Narayanprasad पन्थ Pantha Butwal Multiple Campus बुटवल बहुमुखी क्यम्पस

Keywords:

व्याकरणिक कोटि, असमानताका बिन्दु, भोजपुर, मातृभाषी,, व्यतिरेकी

Abstract

प्रस्तुत लेखमा व्यतिरेकी विश्लेषणको सैद्घान्तिक पर्याधारको केन्द्रीयतामा नेपाली र भोजपुरी भाषाका काल तथा पक्षको तुलना गरिएको छ । नेपाली र भोजपुरी भाषाका काल तथा पक्षको तुलनात्मक अध्ययन गर्नाका निम्ति यो अध्ययन गरिएको हो । प्राथमिक र द्वितीयक स्रोतका सामग्री तथा वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक अनुसन्धान पद्घतिको उपयोग गरी यस अध्ययनलाई पूर्ण बनाइएको छ । यस लेखमा वर्तमान, भूत र भविष्यत्कालका सामान्य, अपूर्ण र पूर्ण जस्ता सूचकमा केन्द्रित रही उपर्युक्त दुई भाषाको तुलना गरी निष्कर्ष निकालिएको छ । निष्कर्षअनुसार नेपाली भाषाको वर्तमानकालीन क्रियामा धातुपछि छु, छौँ, छन्, छस् जस्ता सहायक क्रियाको प्रयोग गरिन्छ भने भोजपुरी भाषाको वर्तमानकालिक क्रियामा धातुपछि इँला, इबे, इब, इबा, इहेँ, यी, वलजायी जस्ता सहायक क्रियाको प्रयोग गरिन्छ । नेपाली भाषामा भूतकाल जनाउन धातुमा एँ, यौँ, यो, ई जस्ता सहायक क्रिया प्रत्ययवत्जोडिन्छन्भने भोजपुरी भाषामा भूतकाल जनाउन धातुमा इल, इले, इलीँ, इलयँ जस्ता कालबोधक प्रत्यय जोडेको पाइन्छ । नेपाली भाषामा भविष्यत्काल जनाउन धातुमा नेपछि वर्तमान कालका सहायक क्रिया छु, छौँ, छन्, छ, छस्जोडिन्छ भने भोजपुरी भाषामा धातुमा इहेँ, ई, वलजायी, इब, इबु, इबे जस्ता सहायक क्रिया जोडिन्छ । पूर्ण वर्तमान, पूर्ण भूत र पूर्ण भविष्यत्कालिक क्रियापदका धातुमा अले प्रत्यय जोडी बाटे, बाटीँ, बा, बाट जस्ता वर्तमानकालिक, रहलीँ, रहलयँ, रहल, रहली, रहलेँ, रहलिन्, रहलगय जस्ता भूतकालिक तथा होवलजाइब, होइहेँ, होई, होइब, होइबु जस्ता भविष्यत्कालिक सहायक क्रियाको प्रयोग भएको पाइने निष्कर्ष प्रस्तुत गरिएको छ । प्रस्तुत लेखबाट प्राप्त निष्कर्ष प्राज्ञिक दृष्टिले उपयोगी र औचित्यपूर्ण रहेको छ ।

Abstract
290
PDF
12

Author Biography

नारायणप्रसाद Narayanprasad पन्थ Pantha, Butwal Multiple Campus बुटवल बहुमुखी क्यम्पस

 उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

पन्थ Pantha न. N. (2023). नेपाली र भोजपुरी भाषाका काल तथा पक्षको तुलना {Comparison of Tenses and Aspects of Nepali and Bhojpuri Languages}. SNPRC Journal, 4(1), 110-127. https://doi.org/10.3126/snprcj.v4i1.61708

Issue

Section

Articles

How to Cite

पन्थ Pantha न. N. (2023). नेपाली र भोजपुरी भाषाका काल तथा पक्षको तुलना {Comparison of Tenses and Aspects of Nepali and Bhojpuri Languages}. SNPRC Journal, 4(1), 110-127. https://doi.org/10.3126/snprcj.v4i1.61708