समावेशी दृष्टिले बहुभाषिक कक्षाकोठा व्यवस्थापन र शिक्षणकला {Inclusive multilingual classroom management and pedagogy}

Authors

  • लक्ष्मी Laxmi आचार्य Acharya यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस

Keywords:

बहुसांस्कृतिक भिन्नता, समावेशी, भौतिक व्यवस्थापन, भाषिक विविधता

Abstract

प्रस्तुत लेख समावेशी दृष्टिले बहुभाषिक कक्षाकोठा व्यवस्थापन र शिक्षण कलाको प्रयोगगत अवस्था अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो। नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुजातीय मुलुक भएकाले यहाँका विद्यालयमा भिन्न भाषिक आदि समुदाय जात जाति, लिङ्ग, वर्ग र शारीरिक क्षमता आदि भएका बालबालिकाको उपस्थितिलाई सम्मानका साथ सम्बोधन गरी शिक्षणलाई अगाडि बढाउने शिक्षण कलाको प्रयोगगत अवस्था अध्ययन गर्न उद्देश्यपूर्ण नमुना छनोटलाई आधार बनाई नमुना छनोट गरिएको छ । गुणात्मक ढाँचा र वर्णनात्मक विधि अवलम्बन गरी क्षेत्रकार्य र पुस्तकालयीय अध्ययनबाट सङ्कलित सामग्रीको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।अध्ययनका क्रममा समावेशी शिक्षाका सम्बन्धमा नेपालले तय गरेका विशेष शिक्षासम्बद्धनीति तथा कार्यनीति, समावेशी शिक्षाको अवधारणा, समावेशी शिक्षाका मान्यता राज्यद्वारा अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न विभिन्न रणनीतिहरू अवलम्बन गरिएकोअवस्थामा बहुभाषिक कक्षा कोठामा शिक्षण गर्ने शिक्षक त्यहाँका कक्षाकोठा, बालबालिकाको लिङ्ग, जात, भाषा, धर्म तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई शिक्षकले समावेशी शिक्षाका मान्यताअनुसार नै व्यवस्थापन गरेर शिक्षण गरेको देखिए पनि शिक्षण सामग्री, पाठ्यपुस्तक स्वयम्शिक्षकको भाषासँग पनि भाषिक पृष्ठभूमिसँग सम्बन्धित समस्याहरू देखिएकाले त्यस्ता समस्या समाधानार्थ पाठ्यपुस्तक, सम्बन्धी पाठ्यसामग्री निर्माण तथा शिक्षक व्यवस्थापन कार्यमा ध्यान दिनु जरुरी देखिन्छ ।

Abstract
427
PDF
0

Author Biography

लक्ष्मी Laxmi आचार्य Acharya, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस

उपप्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2023-12-31

How to Cite

समावेशी दृष्टिले बहुभाषिक कक्षाकोठा व्यवस्थापन र शिक्षणकला {Inclusive multilingual classroom management and pedagogy}. (2023). SNPRC Journal, 4(1), 128-139. https://doi.org/10.3126/snprcj.v4i1.61709

Issue

Section

Articles

How to Cite

समावेशी दृष्टिले बहुभाषिक कक्षाकोठा व्यवस्थापन र शिक्षणकला {Inclusive multilingual classroom management and pedagogy}. (2023). SNPRC Journal, 4(1), 128-139. https://doi.org/10.3126/snprcj.v4i1.61709