धनकुटा जिल्लाका आधारभूत विद्यालयहरूमा शैक्षिक सामग्रीको उपयोग र व्यवस्थापन {Utilization and Management of Educational Materials in Basic Schools of Dhankuta District}

Authors

  • सपना Sapana अधिकारी Adhikari Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47595

Keywords:

शैक्षिक सामग्री, उर्जा, आत्मबल, नवीनतम प्रविधि, दिगो सिकाइ

Abstract

यस अध्ययनको उद्देश्य आधारभूत विद्यालयमा शैक्षिक सामग्रीको उपलब्धता, प्रयोगको र प्रभावकारिता विश्लेषण गर्नु रहेको छ । प्रस्तुत लेखमार्फत निम्न अनुसन्धान प्रश्नहरूको उत्तर दिने प्रयत्न   गरिएको छ । विद्यालयमा कस्ता शैक्षिक सामग्री उपलब्ध छन् ? सिकाइमा ती सामग्रीहरू कसरी प्रयोग भएका छन् ? सामग्रीहरूको व्यवस्थापन कसरी गरिएको छ ? यो अध्ययन गुणात्मक विधिबाट सम्पन्न गरिएको छ । यस अध्ययनका लागि धनकुटा जिल्लाको चौविसे गाउँपालिकाको क आधारभूत विद्यालय, ख आधारभूत विद्यालय, ग आधारभूत विद्यालय, घ आधारभूत विद्यालय र ड आधारभूत विद्यालयलाई उद्देश्यमुलक रूपमा छनौट गरिएको छ । यसमा तथ्याङ्क सङ्कलन गर्न उक्त विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीाहरूसंग अन्तर्वाता निर्देशिकाको प्रयोग गरी सङ्कलन गरिएको छ । प्रधानाध्यापक र शिक्षकले शैक्षिक सामग्रीको प्रयोगलाई सकारात्मक रूपमा लिइएको, विद्यालयलाई शैक्षिक सामग्री खरिदका लागि जिल्ला शिक्षा कार्यालय र नगरपालिकाले रकम उपलब्ध गराउने गरेको, नवीनतम प्रविधिको शैक्षिक क्षेत्रमा भएको प्रयोगले शिक्षकहरूलाई शिक्षण कार्यमा उर्जा प्रदान गरेको, नवीनतम प्रविधिसँग परिचित भएको, सिकाई सरल, सहज, मनोरञ्जनात्मक र दिगो बनाएको जस्ता सूचना शिक्षकहरूबाट प्राप्त भयो । त्यस्तै शैक्षिक सामग्रीको समुचित प्रयोग गर्दा सिकाई छिटो र रमाइलो हुने साथै सिकेको कुरा लामो समयसम्म सम्झिन सकिएको जानकारी विद्यार्थीहरूबाट प्राप्त भयो ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
19

Downloads

Published

2020-12-31

How to Cite

अधिकारी Adhikari स. S. (2020). धनकुटा जिल्लाका आधारभूत विद्यालयहरूमा शैक्षिक सामग्रीको उपयोग र व्यवस्थापन {Utilization and Management of Educational Materials in Basic Schools of Dhankuta District}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 42–50. https://doi.org/10.3126/sotang.v2i1.47595

Issue

Section

Articles