वसन्तविचार काव्यांशमा पौरस्त्य दर्शन {Paurastya Darshan in Vasantavichara Kavyansh}

Authors

  • हितबहादुर Hitbahadur थापा मगर Thapa Magar Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47597

Keywords:

पौरस्त्य दर्शन, , मानवतावादी, कर्मवादी, परिष्कारवादी धारा

Abstract

लेखनाथ पौड्याल (जीवनकाल ः १९४१–२०२२) नेपाली कवितालाई माध्यमिककालीन श्रृङ्गारिक धाराबाट मुक्त गर्दै आधुनिककालीन परिष्कारवादी धारातर्फ डो¥याउने कवि हुन् । उनले माध्यमिककालीन नेपाली कविताका दाँजोमा लेख्य व्याकरण अनुरूपको परिनिष्ठित भाषा, मनोहर शैली, श्रुतिमधुर छन्द, हृदय संवेद्य भाव र चमत्कारपूर्ण उक्तिका उत्कृष्ट सौन्दर्यले ओतप्रोत तुल्याई रचेका कविताद्वारा नेपाली कविताका इतिहासमा परिष्कारवादी धाराका नवप्रवर्तन गरे । वसन्तविचार खण्डकाव्यांश पौरस्त्य दर्शनलाई केन्द्रीय विषय बनाई लेखिएको खण्डकाव्यांश नभए तापनि यसमा पौरस्त्य दर्शनका आधारभूत प्रस्थापनाहरू पौड्यालको अध्ययन र संस्कारवश आएका छन् । यसमा खण्डकाव्यकार पौड्यालले स्वर्ग, ईश्वर, आत्मा, सांसारिकता, समाधि जस्ता पक्षहरूलाई पौरस्त्य दर्शन कै रूपमा सङ्केत गरेका छन् । पौड्यालको दर्शनप्रतिको धारणा समाजमुखी मानवतावादी र कर्मवादी रहेको छ । लेखनाथका बाल कवितामा रहेका प्रकृति, संस्कृति, ईश्वर भक्ति, भाषा, प्रेम, स्वतन्त्र चेतना जस्ता विविध विषयका माध्यमबाट बाल बालिकाहरूलाई मनोरञ्जन प्रदान गर्ने र जागरुक बनाउने ध्येय लिइएको छ र उनले रचेका बाल कविताहरू बालकहरूका लागि सुबोध र गेयात्मक छन् । यिनै प्रमुख तथ्यहरूका विषयवस्तुलाई अध्ययन गर्ने कार्य यस लेखमा गरिएको छ । लेखनाथ पौड्यालले आफ्ना बाल कवितामा जे–जस्ता विषयवस्तु र शिल्पको प्रयोग गरेका छन्, त्यसैको अध्ययनसँग यो लेख सम्बन्धित छ । उनी पौरस्त्य दर्शनलाई समेत कलात्मक ढङ्गले प्रस्तुत गर्दछन् । वसन्तविचारमा पौरस्त्य दर्शनका आधारभूत प्रस्थापनाहरूको व्याख्या विभिन्न कोणबाट गर्न सकिने भएता पनि यस अध्ययन पत्रमा पौरस्त्य दर्शनका स्वर्ग, ईश्वर र सांसारिक बन्धन सम्बन्धी मान्याताका आधारमा वसन्तविचार खण्डकाव्यांशको अध्ययन, विश्लेषण गरी प्राज्ञिक निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
19

Downloads

Published

2020-12-31

How to Cite

थापा मगर Thapa Magar ह. H. (2020). वसन्तविचार काव्यांशमा पौरस्त्य दर्शन {Paurastya Darshan in Vasantavichara Kavyansh}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 59–66. https://doi.org/10.3126/sotang.v2i1.47597

Issue

Section

Articles