जातीय व्यवस्थामा उपनयन संस्कारको भूमिका

Authors

  • गणेशकुमार सुनार श्रीपाली Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53824

Abstract

लेखसार

हिन्दु समाज मुलत जात व्यवस्थामा आधारित रहेको छ । उत्तरवैदिककालमा वर्णित चतुर्वर्ण ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रबाट जातहरू विकसित भएको पाइन्छ । जात व्यवस्थालाई ३५ सय वर्षदेखि निरन्तरता दिन हिन्दू संस्कारहरूको पनि महŒवपूर्ण भूमिका रहेको छ । धार्मिक विचारलाई व्यवहारिक अभ्यास गराउने काम संस्कारहरूले गरेका हुन्छन् । यस अध्ययनमा हिन्दू उपनयन संस्कारले जात व्यवस्थामा खेलेको भूमिकाको खोजी गरिएको छ । यो अध्ययन द्वितीय श्रोतहरू हिन्दू धर्मग्रन्थहरूमा रहेका उपनयन संस्कारसम्बन्धी प्रावधानहरूमा आधारित रहेको छ । यी प्रावधानले कसरी जात व्यवस्थालाई संरचित गरेको छ भनेर विश्लेषण गरिएको छ । उपनयन संस्कारले व्यक्तिलाई ज्ञानार्जनको योग्यता र पवित्रताको स्तर प्रदान गरेको हुन्छ । हिन्दूमध्ये शुद्र वर्ण र महिलाहरूलाई उपनयनको अवसर छैन । ब्राह्मण, क्षेत्री र वैश्यहरूलाई मात्र उपनयनको अवसर छ, तथापि यस संस्कारमा विभेदकारी व्यवस्था रहेका छन् । उपनयन संस्कारमा हिन्दूहरूको बीचमा निषेध र विभेदको प्रबन्ध गरेको छ । यसले हिन्दूहरूबीचमा नै जातीय स्तरीकरण कायम गरेको छ र जात व्यवस्थालाई टिकाउन महŒवपूर्ण भूमिका खेलेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
16

Downloads

Published

2021-12-31

How to Cite

सुनार श्रीपाली ग. . (2021). जातीय व्यवस्थामा उपनयन संस्कारको भूमिका. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 23–31. https://doi.org/10.3126/sotang.v3i3.53824

Issue

Section

Articles