‘भत्किँदै किल्लाहरू’ कथा सङ्ग्रहमा उत्तरआधुनिकतावाद

Authors

  • सचितानन्द घिमिरे

DOI:

https://doi.org/10.3126/sotang.v3i3.53828

Keywords:

शब्दकुञ्जी ः वृत्ताकारीय, मिथकीय, प्रयोगवादी, व्याकरणिक, सम्प्रेषण, सन्देशमूलक, व्यङ्ग्यात्मक,

Abstract

लेखसार

प्रस्तुत अध्ययनमा कथाकार डा. दीनबन्धु शर्माको ‘भत्किँदै किल्लाहरू’ कथा सङ्ग्रहमा प्रयुक्त कथाहरूमा उत्तरआधुनिकता सिद्धान्तको खोजी गरिएको छ । उत्तरआधुनिकतावादअन्तर्गत नारीवाद, विनिर्माणवाद, नवइतिहासवाद, नवमाक्सवाद, नवमनोविश्लेषणवाद जस्ता सिद्धान्त स्थापित छन् । त्यसैगरी उत्तरआधुनिकतावादमा आधुनिकतावादले नछोएका, नसमेटेका र नदेखेका विषयवस्तु र क्षेत्रहरू पर्दछन् । स्थानीयता, बहुलता, विशृङ्खलता आदि पक्षलाई उत्तरआधुनिक साहित्य सिद्धान्तले अङ्गीकार गर्दछ । कृतिको विधागत संरचना र भाषाशैलीमा नवीनतम् प्रयोग अपेक्षित हुन्छ । ‘भत्किँदै किल्लाहरू’ कथासङ्ग्रहमा विषयवस्तुको नवीनतम प्रयोग गरिएको छ । कथानकको सङ्गठन र शृङ्खलालाई वृत्ताकारीय बनाइएको छ । मिथकको प्रयोग गरिएको छ । यौन मनोविज्ञानलाई नवीन रूपमा उजागर गर्न खोजिएको छ । स्थापित मूल्य, मान्यता, विचार, दृष्टिकोण र परम्परालाई विनिर्माण बनाइएको निष्कर्ष यस अध्ययनम निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
13

Downloads

Published

2021-12-31

How to Cite

घिमिरे स. . (2021). ‘भत्किँदै किल्लाहरू’ कथा सङ्ग्रहमा उत्तरआधुनिकतावाद. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 57–64. https://doi.org/10.3126/sotang.v3i3.53828

Issue

Section

Articles