माध्यमिक तहमा भाषिक विधा शिक्षण विधिहरूको प्रयोग स्थिति

Authors

  • गोकर्ण जोशी

DOI:

https://doi.org/10.3126/sotang.v4i4.57080

Keywords:

माध्यमिक, विधा शिक्षण, प्रयोजन विधि र प्रक्रिया, भाषिक सक्षमता

Abstract

भाषा जनसम्पर्कको भरपर्दाे र प्रभावकारी माध्यम हो । शिक्षण प्रक्रियामा भाषाको सर्वाधिक उपयोग गरिन्छ भने भाषा शिक्षणमा भाषा साधन र साध्य दुवै रूपमा प्रयोग गरिन्छ । माध्यमिक तहमा विधा शिक्षणअन्तर्गत साहित्यिक र साहित्येतर विधाहरूको उपयोग गरिएको छ । साहित्यिक विधाहरूको शिक्षण प्रयोजन तथा शिक्षण विधिहरूको प्रयोगावस्था पहिचान गर्ने उद्देश्य लिई यस लेखलाई तयार पारिएको छ । उल्लिखित उद्देश्य पूर्तिका लागि परिमाणात्मक अनुसन्धान विधिको उपयोग गरी साहित्यिक विधा शिक्षणको प्रयोजन, शिक्षण विधिको प्रयोगावस्था तथा शिक्षण विधिहरूको सैद्धान्तिक र प्रयोगात्मक पक्षका बिचमा सन्तुलन कायम गरिएको छ । यस लेखका लागि माध्यमिक तहमा नेपाली विषय अध्यापन गरिरहनु भएका ३० जना शिक्षकहरूबाट गुगल फारामबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ भने भाषा शिक्षण, भाषिक विधा शिक्षणका सैद्धान्तिक पुस्तकहरूलाई उपयोग गरी द्वितीयक सामग्री सङ्कलन गरिएको छ । उल्लिखित सन्दर्भअनुसार यस अध्ययनमा कविता शिक्षणको वैशिष्ट्य लयबद्ध शिक्षण भए पनि तथ्यले भाषिक सिप विकासमा जोड दिएको छ । तल्ला कक्षामा बढी सान्दर्भिक मानिने गीत तथा अभिनय विधि माथिल्ला कक्षामा समेत उपयोग गरिएको पाइयो । निबन्ध शिक्षणको वैशिष्ट्य लेखन कलाको समुचित विकास भएर पनि तथ्यले बोध र अभिव्यक्ति क्षमताको विकासमा जोड दिएको छ । कथा शिक्षणको प्रारम्भ प्रस्तावनाबाट गर्नुपर्ने सैद्धान्तिक मान्यता भए पनि तथ्यले कथा कथनलाई जोड दिएको छ । नाटक÷एकाङ्की शिक्षणका लागि उपयोगी विधिका रूपमा कक्षा अभिनय विधि उपयुक्त हुने तथ्य पुष्टि भएको छ । प्रस्तुत लेख भाषा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्नहरूका लागि उपयोगी हुने अपेक्षा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
118
PDF
41

Downloads

Published

2022-09-01

How to Cite

जोशी ग. (2022). माध्यमिक तहमा भाषिक विधा शिक्षण विधिहरूको प्रयोग स्थिति. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 14–28. https://doi.org/10.3126/sotang.v4i4.57080

Issue

Section

Articles