धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गाको पर्यटकीय महत्त्व

Authors

  • हिराबहादुर अर्याल

DOI:

https://doi.org/10.3126/sotang.v4i4.57083

Keywords:

शशिधर स्वामी, रेसुङ्गा, ऋष्यश्रृङ्ग, शशिधर

Abstract

धार्मिक–सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको रेसुङ्गा क्षेत्र पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सांस्कृतिक एवं जैविक विविधताले भरिपूर्ण, सदावहार हरियाली र सुन्दर हिमश्रृंखलासहितको मनोरम दृष्यावलोकन गर्न सकिने रेसुङ्गाको पर्यटकीय महत्त्वको उजागर गर्न यो अध्ययन गरिएको छ । यसमा रेसुङ्गाको पर्यटन विकासका सम्भावना, वर्तमानमा भएका पहल र सम्भावनाको खोजी गरिएको छ । अध्ययनलाई तथ्यपरक र उचित निष्कर्षमा पु¥याउनको लागि प्राथमिक र द्वितीय स्रोतबाट तथ्यांकहरूको संकलन गरी तिनको व्याख्यात्मक विश्लेषण गरिएको छ । यस अध्ययनबाट रेसुङ्गा पौराणिक महत्त्व बोकेको धार्मिक तथा ऐतिहासिक क्षेत्र मात्र नभएर आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुँदै आएको पाइएको छ । यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धिसँगै रेसुङ्गाको चहलपहल र स्थानीयको व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ । साथै रेसुङ्गामा रहेका मठमन्दिर, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका लागि पनि घच्घचाएको देखिन्छ । समग्रमा रेसुङ्गा क्षेत्रमा भइरहेका पछिल्ला कामले यहाँका प्रचारप्रसार बढ्दै जानुका साथै पर्यटन विकासमा पनि टेवा पुगेको छ । यस क्षेत्रमा निर्माणाधीन संरचनाहरू छिटो सम्पन्न गर्ने, सरकारी लगानी र समुदायको सक्रियता बढाउने, महत्त्वपूर्ण स्थलहरूको चिनारी सम्बन्धित ठाउँमै राख्ने र समयानुकूल प्रचारका नयाँ तरिकाहरू समेत अबलम्वन गर्ने गर्दा यस क्षेत्रको पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
138

Downloads

Published

2022-09-01

How to Cite

अर्याल ह. (2022). धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गाको पर्यटकीय महत्त्व. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 62–73. https://doi.org/10.3126/sotang.v4i4.57083

Issue

Section

Articles