अनुसन्धानात्मक लेखन र भाषाशिक्षणका बिच सम्बन्ध

Authors

  • शक्तिराज नेपाल

Keywords:

अनुसन्धान, अनुसन्धानात्मक लेखन, एकरूपता, विश्वसनीयता, वैधता

Abstract

स्तरीय लेखाइ सिपको विकास गर्ने उद्देश्यले भाषाशिक्षणमा विभिन्न खालका लेखाइका अभ्यास गरिन्छ । उक्त लेखाइ सिपका गतिविधिहरूमध्ये अनुसन्धानात्मक लेखाइलाई लेखाइ सिपको उत्तरवर्ती चरणको क्रियाकलापका रूपमा लिइएको छ । यस लेखमा अनुसन्धानात्मक लेखन र भाषाशिक्षण बिचको सम्बन्धलाई मुख्य विषय बनाइएको छ । अनुसन्धानको पाराडाइम वा दर्शनअन्तर्गत व्याख्यानवाद नमुना वा आयाम (क्ष्लतभचउचभतष्खष्कm उबचबमष्नmक) मा आधारित यस लेखमा अनुसन्धानको गुणात्मक पद्धतिलाई अपनाइएको छ । गुणात्मक पद्धतिअन्तर्गत वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको केन्द्रमा रहेर द्वितीयक सामग्रीका लिखित दस्तावेजका स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिका आधारमा सङ्कलित सामग्रीको विश्लेषण गरिएको छ । अनुसन्धानात्मक लेखन र भाषाशिक्षणका बिचको सम्बन्ध देखाउन अनुसन्धानको परिचय, अनुसन्धानात्मक लेखनको प्रकृति, विशेषता, यसका अन्तर्कथ्य, ढाँचा, भाषाका सिपमध्ये लेखाइ सिपको उत्तरवर्ती चरणको क्रियाकलापका रूपमा प्रस्तुत गरी भाषाशिक्षणसँग अनुसन्धानको सम्बन्ध तथा भाषाको कक्षामा अनुसन्धानको भूमिकालाई विशिष्टीकृत र व्याख्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस लेखमा विश्वविद्यालय तहका विद्यार्थी तथा विज्ञद्वारा लेखिएको लेखनका रूपमा अभ्यास गरिएको अनुसन्धानात्मक लेखनलाई मानक, स्तरीय, विश्वसनीय तथा वैध र वस्तुपरक लेखनका रूपमा प्रस्तुत गरिएको छ । विशुद्ध अनुसन्धानात्मक लेखनभित्र पनि लेखनमा एकरूपता, ढाँचाबद्धता, चुस्तता र व्यवस्थितता जस्ता गुणका आधारमा मात्र यस लेखलाई परिसीमित गरिएको छ । साथै परीक्षाको उत्तर लेखनमा पनि अनुसन्धानात्मक नमुनाका सेटिङ, किनारा छोडाइ, शब्द तथा अनुच्छेद संरचना आदिमा स्तरीय र व्यवस्थित लेखन अभ्यासको विकासका लागि भाषाशिक्षणमा अनुसन्धानात्मक लेखनको अभ्यास निरन्तर गरिरहनुपर्छ भन्ने मान्यता राखिएको छ । भाषाशिक्षणलाई नै स्तरीय सिकाइ उपलब्धिका रूपमा विकास गर्न अनुसन्धानात्मक संरचनाका लिखित अभिव्यक्तिको अभ्यास गरिरहनुपर्छ भन्ने निष्कर्ष निकालिएको छ । साथमा भाषाशिक्षणका सन्दर्भमा अनुसन्धानात्मक लेखनलाई स्तरीय तथा वैज्ञानिक लेखन सिपका रूपमा अभ्यास गरिने भएकाले यस लेखको उपयोगिता रहेको छ ।

Abstract
223
PDF
0

Downloads

Published

2022-09-01

How to Cite

अनुसन्धानात्मक लेखन र भाषाशिक्षणका बिच सम्बन्ध. (2022). Sotang, Yearly Peer Reviewed Journal, 4(4), 89-111. https://doi.org/10.3126/sotang.v4i4.57085

Issue

Section

Articles

How to Cite

अनुसन्धानात्मक लेखन र भाषाशिक्षणका बिच सम्बन्ध. (2022). Sotang, Yearly Peer Reviewed Journal, 4(4), 89-111. https://doi.org/10.3126/sotang.v4i4.57085