व्यतिरेकी विश्लेषणको सैद्धान्तिक अवधारणा, प्रक्रिया र प्रयोग {Theoretical Concepts, Procedures and Applications of Expenditure Analysis}

Authors

  • केशव Keshab भुसाल Bhusal नेपाली भाषा शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि. कीर्तिपुर

Keywords:

अभ्यास, व्यतिरेकी विश्लेषण, व्यतिरेकी विश्लेषणका प्रक्रिया

Abstract

प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानका विभिन्न शाखाहरूमध्येको एउटा महŒवपूर्ण शाखा व्यतिरेकी विश्लेषणसँग सम्बन्धित रहेको छ । यस लेखमा व्यतिरेकी विश्लेषणको सैद्धान्तिक अवधारणा, आवश्यकता र प्रयोगबारे चर्चा गरिएको छ । वस्तुतः व्यतिरेकी विश्लेषणको सैद्धान्तिक चर्चा गर्नु, व्यतिरेकी विश्लेषणकोप्रक्रिया र प्रयोगको व्याख्या विवेचन गर्नु प्रस्तुत लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख तयारीका क्रममा गुणात्मक अध्ययन विधिको अवलम्बन गरिएको छ । यस क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । यस लेखका लागि आवश्यक कुराहरु नेपाली, हिन्दी तथा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरुको अध्ययनबाट प्राप्त गरिएको छ । त्यसरी प्राप्त तथ्यको प्रस्तुतिका लागि व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस अध्ययनका आधारमा व्यतिरेकी विश्लेषण दुई वा दुईभन्दा बढी भाषाहरुका बीचको तुलनात्मक अध्ययनमा आधारित सिद्धान्तका रुपमा रहेको, यससम्बन्धी अवधारणाकोविकास सन् १९५० को दशकपछि भएको, यसमा आधारित भई गरिने अध्ययनमा सामग्रीको सङ्कलन, सामग्रीको सत्यापन, सामग्रीको व्याख्या विश्लेषण र निष्कर्षणजस्ता प्रक्रिया एवम् पद्धतिहरुको प्रयोग गरिनेलगायतका निष्कर्षहरु निकालिएको छ । प्रस्तुत लेख व्यतिरेकी विश्लेषणका बारेमा जानकारी लिन चाहनेशिक्षक, विद्यार्थी, जिज्ञासु एवम् सम्बन्धित सबैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

Abstract
563
PDF
23

Downloads

Published

2018-12-31

Issue

Section

Articles

How to Cite

भुसाल Bhusal क. K. (2018). व्यतिरेकी विश्लेषणको सैद्धान्तिक अवधारणा, प्रक्रिया र प्रयोग {Theoretical Concepts, Procedures and Applications of Expenditure Analysis}. Spandan, 2(1), 65-71. https://doi.org/10.3126/spandan.v2i1.63447