स्थानीय पाठ्यक्रम प्रति प्राथमिक शिक्षकहरूको अनुभूति {Perceptions of primary teachers towards the local curriculum}

Authors

  • टोपेन्द्र Topendra गौतम Gautam जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

DOI:

https://doi.org/10.3126/spandan.v2i1.63448

Keywords:

केन्द्रीय पाठ्यक्रम, स्थानीय पाठ्यक्रम, प्राथमिक शिक्षक

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखले स्थानीय पाठ्यक्रमप्रति शिक्षकहरूको बुझाइ र यसको आवश्यकता सम्बन्धमा उनीहरूको अनुभूति पहिचान गर्ने उद्देश्य राखिएको छ । प्रस्तुत आलेख स्थानीय पाठ्यक्रमप्रति प्राथमिक शिक्षकहरूको अनुभूति (Perception) मा गरिएको गुणात्मक अध्ययनमा आधारित छ । शिक्षकहरूमा स्थानीय पाठ्यक्रम भनेको स्थानीय भाषा शिक्षण हो भन्ने गलत बुझाइ छ । अङ्ग्रेजी भाषा शिक्षण स्थानीय पाठ्यक्रमको विकल्प बनेको छ । प्राथमिक पाठ्यक्रमले गरेको तिन वटा विषयहरू सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षामा स्थानीय पाठ्यक्रम सम्बन्धी व्यवस्थाप्रति नै शिक्षकहरू अनभिज्ञ छन् । स्थानीय पाठ्यक्रमप्रति शिक्षकहरू सकारात्मक भए पनि यसको निर्माण र कार्यान्वयन सम्बन्धी उनीहरूकोबुझाई र भूमिकामा अधिकांश शिक्षकहरू स्पष्ट छैनन् । उनीहरू स्थानीय पाठ्यक्रम निर्माणको प्रमुख जिम्मेवारी आफ्नै हो भन्नेमा नै प्रष्ट छैनन् । यसै गरी शिक्षा मन्त्रालयले पनि स्थानीय पाठ्यक्रमको निर्माण, कार्यान्वनयन र मूल्याङ्कन सम्बन्धी स्पष्ट नीति, योजना र कार्यक्रम सञ्चालन नगरेको अनुभूति शिक्षकलेगरेका छन् । स्थानीय पाठ्यक्रमको अर्थ, निर्माण र कार्यान्वयनको सम्बन्धमा आवश्यक अभिमुखिकरण तालिम तथा गोष्ठीको आयोजना गर्नु पर्ने सल्लाह अधिकांश शिक्षकहरूले दिएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
23

Author Biography

टोपेन्द्र Topendra गौतम Gautam, जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

शिक्षण सहायक

Downloads

Published

2018-12-31

How to Cite

गौतम Gautam ट. T. (2018). स्थानीय पाठ्यक्रम प्रति प्राथमिक शिक्षकहरूको अनुभूति {Perceptions of primary teachers towards the local curriculum}. Spandan, 2(1), 72–84. https://doi.org/10.3126/spandan.v2i1.63448

Issue

Section

Articles