नारीवादी प्रमुख सिद्धान्त र आलोचना {Feminist Major Theory and Criticism}

Authors

  • प्रकाशचन्द्र Prakashchandra खत्री Khatri जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

Keywords:

विभेद, लैङ्गिकता, पितृसत्ता, मार्क्सवाद, पुरुषमानसिकता, नारीवाद

Abstract

लैङ्गिक अध्ययनको एउटा विषयको रुपमा नारीवादलाई लिइन्छ । खासमा नारीवाद महिला सम्बन्धी विचार दर्शन र राजनीति हो । नारीवादले महिलाको कोणबाट नारीहरुको व्याख्या विश्लेशण गर्दछ । संसारभरि नैमहिलाहरुलाई पुरुषको तुलनामा कमजोर र पीडित बनाइएको छ भन्ने मान्यता राख्दछ । नारीवाद नारीकै पक्षमा वकालत गर्ने सिद्धान्त हो जसले विगतदेखि वर्तमान सम्म नारीमाथि भएका अन्याय, अत्याचार, दमन शोषणका कुरालाई उजागर गर्दै त्यसबाट मुक्ति प्राप्त गर्न नारीहरु एकजुट भएर संघर्ष गर्नु पर्ने विचार प्रवाह गरिकोदेखिन्छ(बार्कर,२००१ः६८) । नारी विभेदको कारक तत्व खासगरी पुरुष प्रधान पितृसत्तात्मक समाज हो भन्नेमान्यता यस सिद्धान्तले अघि सारेको देखिन्छ । नारीवाद सम्बन्धी विभिन्न सिद्धान्त वा धारहरु विकसित भएका छन्, जसमा उदार नारीवाद, आमुल नारीवाद, माक्र्सवादी नारीवाद र समाजवादी नारीवाद मुख्य मान्निछन् । यी सबै धारहरुले नारी उत्पीडन शोषण र विभेदका कुराहरु उल्लेख गर्दै त्यसबाट मक्ति प्राप्त गर्नविभिन्न उपायहरु अवलम्बन गर्नु पर्छ र नारी हक,अधिकार र समानताका लागि संघर्ष गर्न पनि पछि पर्नु हुदैन भन्ने मान्यता राख्दछन् ।

Abstract
745
PDF
23

Author Biography

प्रकाशचन्द्र Prakashchandra खत्री Khatri, जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

उपप्राध्यापक

Downloads

Published

2018-12-31

Issue

Section

Articles

How to Cite

खत्री Khatri प. . P. (2018). नारीवादी प्रमुख सिद्धान्त र आलोचना {Feminist Major Theory and Criticism}. Spandan, 2(1), 85-93. https://doi.org/10.3126/spandan.v2i1.63450