विद्यालय संचालनमा द्वन्द्व व्यवस्थापन {Conflict Management in School Operations}

Authors

  • बसन्तराज Basantaraj भण्डारी Bhandari जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

DOI:

https://doi.org/10.3126/spandan.v2i1.63451

Keywords:

सर्वाङ्गिण, द्वन्द्व, मेलमिलाप, सम्प्रदाय, दंगा

Abstract

यस लेखको शीर्षक विद्यालय संचालनमा द्वन्द्व व्यवस्थापन राखिएको छ । लेखको मुख्य उद्देश्य विद्यालयमा देखिएका द्वन्द्वको विश्लेषण गर्नु रहेको छ । अध्ययन क्षेत्र बर्दिया जिल्लाको गुलरीया नगरपालिका सामुदायिक विद्यालयलाई लिइएको छ । लेख विधिमा अध्ययन क्षेत्रबाट लिइएका प्रतिक्रिया तथा तथ्याङ्कहरूलाईसान्दर्भिक पूर्वकार्य, ऐन नियमहरूसँग तुलनात्मक विश्लेषण गरिएको छ । विद्यालयका द्वन्द्वको अवस्था पहिचानमा सकारात्मक भन्दा नकारात्मक द्वन्द्व बढी पाइयो । शिक्षकले विद्यार्थीलाई हेपेको, अपमान गरेकोदेखियो । व्यवस्थापन समिति, प्रधानाध्यापकबाट शिक्षकहरूमा भेदभाव, काखापाखा गरेको पाइयो । विद्यालयमा हुने द्वन्द्वका कारणहरूमा आर्थिक अभाव, पारदर्शिताको कमी, सामाजिक, सांस्कृतिक, धार्मिक भेदभाव, राजनैतिक प्रभाव जस्ता कारक तत्वहरू पाइयो । विद्यालयमा द्वन्द्वखको प्रभाव हेर्दा विद्यालयकोशैक्षिक वातावरण अस्वस्थ, अस्थिर र धमिलो भएको पाइयो । ऐन नियमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पाइयो । “विद्यालय शान्ति क्षेत्र” भन्ने नीतिमा अवरोध देखियो । शैक्षिक गुणस्तरमा कमी हुँदैगइरहेको पाइयो । विद्यालय द्वन्द्व व्यवस्थापनमा मेलमिलापको भूमिका विश्लेषण गर्दा सकारात्मक सोचका साथ द्वन्द्वलाई सकारात्मक रूपमा लिई समस्या समाधान गर्नुपर्ने धारणा पाइयो । द्वन्द्व समाधानमा मेलमिलापका विकल्पहरू खोजी गरी सामाजिक र व्यवहारिक विधि अवलम्बन गर्नुपर्ने सुझावहरू प्राप्त भयो ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
9

Author Biography

बसन्तराज Basantaraj भण्डारी Bhandari, जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

उप–प्राध्यापक

Downloads

Published

2018-12-31

How to Cite

भण्डारी Bhandari ब. B. (2018). विद्यालय संचालनमा द्वन्द्व व्यवस्थापन {Conflict Management in School Operations}. Spandan, 2(1), 94–100. https://doi.org/10.3126/spandan.v2i1.63451

Issue

Section

Articles