भाषिक अनुसन्धानमा सामग्री सङ्कलन र निर्माण प्रक्रिया

Authors

  • केशव भुसाल त्रि. वि. कीर्तिपुर

Keywords:

अनुसन्धान, भाषिक अनुसन्धान, भाषिक अनुसन्धानमा सामग्री सङ्कलन, सामग्री सङ्कलन प्रक्रिया, सामग्री निर्माण प्रक्रिया

Abstract

प्रस्तुत लेख अनुसन्धानको एक महत्वपूर्ण क्षेत्र भाषिक अनुसन्धानको चर्चामा आधारित रहेको छ । विशेषतः प्रस्तुत लेखमा भाषिक अनुसन्धानका क्रममा सामग्रीहरूको सङ्कलन र निर्माण कसरी गर्ने भन्ने बारेमा व्याख्या–विवेचन गरिएको छ । अनुसन्धान तथा भाषिक अनुसन्धानको परिचय दिनु, भाषिक अनुसन्धानमा सामग्री सङ्कलन प्रक्रियको बारेमा चर्चा गर्नु र सामग्री सङ्कलनको तौरतरिकाबारे वर्णन गर्नु प्रस्तुत लेखका मूलभूलत उद्देश्य रहेका छन् । यस लेखमा नेपाली तथा अङ्ग्रेजी विद्वानहरूद्वारा लिखित अनुसन्धान तथा भाषिक अनुसन्धानसम्बन्धी सैद्धान्तिक पुस्तकहरुको गहन अध्ययन–विश्लेषण गरी आवश्यक कुराहरू अध्याहार गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित भई तयार गरिएको छ । यस लेखको तयारीका क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ भने आवश्यक विषयवस्तुको प्रस्तुतिका लागि व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यसका आधारमा अनुसन्धान नयाँ तथ्य पत्ता लगाउने विषयका रूपमा रहेको भाषिक अनुसन्धान भाषासम्बन्धी विषयक्षेत्रमा आधारित भई नवीन तथ्यको उद्घाटनका लागि गरिने अध्ययनका रूपमा रहेको, भाषिक अनुसन्धानमा सामग्र सङ्कलन तथा निर्माणको कार्य अनुसन्धानको महत्तम क्षेत्रका रूपमा रहेको लगायतका निष्कर्ष निकालिएको छ । यस लेखले अनुसन्धान तथा भाषिक अनुसन्धानका क्षेत्रमा क्रियाशील एवम् सरोकार राख्ने शिक्षक, विद्यार्थी तथा सम्बद्ध सबैलाई सघाउने अपेक्षा गरिएको छ ।

Abstract
178
PDF
1

Downloads

Published

2024-12-31

How to Cite

भाषिक अनुसन्धानमा सामग्री सङ्कलन र निर्माण प्रक्रिया. (2024). Spandan, 14(2), 47-65. https://doi.org/10.3126/spandan.v14i2.74870

Issue

Section

Articles

How to Cite

भाषिक अनुसन्धानमा सामग्री सङ्कलन र निर्माण प्रक्रिया. (2024). Spandan, 14(2), 47-65. https://doi.org/10.3126/spandan.v14i2.74870