तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा

Authors

  • दुर्गाप्रसाद Durgaprasad दाहाल Dahal महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौ https://orcid.org/0009-0003-0816-8844

Keywords:

भारोपेली, भोटबर्मेली, समभाषिक, पहिलो भाषा, दोस्रो भाषा, कोड मिश्रण, कोड परिवर्तन, वर्णविन्यास, थपोट

Abstract

‘तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा’ शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति देखियो । यिनीहरूले नेपाली भाषाको ह्रस्वदीर्घ, श, ष, स को प्रयोग, ए, य को प्रयोग, ब र भ को प्रयोग, द, ध को प्रयोगमा पनि अलमलिएको पाइयो । यिनीहरूले नेपाली भाषाको लेखनका क्रममा धेरै अङ्ग्रेजी शब्दको मात्र प्रयोग नगरेर कतै कतै देवनागरी लिपिका सट्टामा रोमन लिपिको पनि प्रयोग गरेको पाइयो । यिनीहरूले ‘देखिन्छ’ लाई ‘देखनोछ’,  ‘जान दिन्छ’ लाई ‘जनादिन्छ’ ‘प्रमुख’ लाई ‘प्रामोक’, ‘प्रधानाध्यापक’ लाई ‘प्राधानादपक’ जस्ता आफ्नै प्रकृतिका शब्द निर्माण गरी प्रयोग गरेको पनि पाइयो ।

Abstract
135
PDF
0

Downloads

Published

2024-09-10

How to Cite

तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा. (2024). SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 1(1), 85-96. https://www.nepjol.info/index.php/spswag/article/view/69673

Issue

Section

Research Articles

How to Cite

तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा. (2024). SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 1(1), 85-96. https://www.nepjol.info/index.php/spswag/article/view/69673