उ मरेकी छैन नाटकमा अङ्गी रस

Authors

Keywords:

विभाव, अनुभाव, सञ्चारीभाव, स्थायीभाव, अङ्गीरस

Abstract

प्रस्तुत लेख नेपाली साहित्यमा नाट्य सम्राटको रुपमा परिचित व्यक्तित्व नाटककार बालकृष्ण समद्वारा रचना गरिएको उ मरेकी छैन शीर्षकको नाटकमा प्रयुक्त अङ्गी रसको पहिचानमा केन्द्रित रहेको छ । रससिद्धान्त पूर्वीय साहित्य समालोचनाको क्षेत्रमा प्रचलित कृति विश्लेषणको महत्त्वपूर्ण आधार हो । साहित्यमा प्रचलित नौ प्रकारका रसलाई नवरस भनिन्छ । रसको पहिचानको लागि विभावादि सामग्रीहरूको आवश्यकता पर्दछ । कुनै पनि कृतिमा मुख्य रूपमा प्रयोग हुने रसलाई अङ्गी रस भनिन्छ । यसले कृतिको आरम्भदेखि अन्त्यसम्म निरन्तरता प्राप्त गर्दछ र परिपाकपूर्ण अवस्थामा पुगेर दर्शक वा पाठक वर्गलाई रसास्वादनको माध्यमबाट आनन्द प्रदान गर्दछ । नाटककार समको उ मरेकी छैन नाटकको विषयवस्तु वियोगान्त कथामा आधारित रहेको छ । शृङ्गार रसको केन्द्रीयतामा रचना गरिएको उक्त नाटकमा विप्रलम्भ शृङ्गार रसको प्रधानता रहेको छ । पौराणिक मिथकलाई आधार बनाएर रचना गरिएको उक्त नाटकमा मौलिकता सहित सामाजिक विषयवस्तुको प्रयोग गरिएको छ । त्यसक्रममा स्वस्थानी व्रतकथालाई प्रतीकात्मक आधार बनाएर नाटकमा शिवगिरि र कान्तीको वियोगान्त प्रेमकथालाई प्रस्तुत गरिएको छ । नाटकीय कथावस्तु र घटनाक्रमको अध्ययन गर्दा नाटकमा शोक स्थायी भाव हुने करूण रसको भाव जागरणको लागि विभावादि भावहरूको उचित प्रयोग भएको पाइन्छ । शिवगिरि र कान्तीको भेट पश्चात् विकसित भएको उनीहरूको आत्मिक प्रेमले कान्तीको आत्महत्या सँगसँगै दुखान्त मोड लिन पुग्दछ । अतः उक्त नाटकमा करुण रसको प्रधानता रहेको कुरा स्पष्ट हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
6
pdf (नेपाली)
3

Author Biography

Sushila Ghimire, त्रिभुवन विश्वविद्यालय

दर्शनाचार्य विद्यावारिधि अध्ययनरत

Published

2025-10-30

How to Cite

Ghimire, S. (2025). उ मरेकी छैन नाटकमा अङ्गी रस. SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 2(1), 67–74. Retrieved from https://www.nepjol.info/index.php/spswag/article/view/85826

Issue

Section

Research Articles