निमावीय नाटकमा विज्ञानपरकता
Keywords:
अन्तरिक्ष, अन्वेषण, भूमण्डल, यन्त्र, स्वैरकल्पनाAbstract
प्रस्तुत लेखमा नाटककार सरुभक्त श्रेष्ठद्वारा रचित निमावीय नाटकलाई विज्ञानपरकताको आधारमा विश्लेषण गरिएको छ । विज्ञानपरकता वैज्ञानिक तथ्यमा आधारित भएर रचना गरिएको समालोचना हो । विज्ञानपरकतालाई विश्लेषण गर्ने अनेक उपकरणहरू मध्ये यस लेखमा विषय वस्तुका तहमा विज्ञानपरकता, पात्रका तहमा विज्ञानपरकता, परिवेशका तहमा विज्ञानपरकता र रङ्गमञ्चका तहमा विज्ञानपरकतालाई मात्र मुख्य आधार बनाइएको छ । निमावीय वैज्ञानिक विषय वस्तुमा आधारित एक उत्कृष्ट नाटक हो । विज्ञानको आविष्कारले मानिसमाथि हुने ठुलो सङ्कटलाई टार्न सक्छ । अन्तरिक्षका अनेक पिण्डहरूमा मान्छे जतिकै अरू प्राणी हुन सक्ने भएकाले र तिनीहरूले हाम्रो धरतीमाथि पनि आक्रमण गर्न सक्छन् भन्ने कल्पना यहाँ प्रस्तुत गरिएको छ । विज्ञान प्रयोग शालामा मात्र सीमित नभई मानव जीवनका विविध पक्षसँग जोडिनु पर्छ । एकातिर वैज्ञानिकहरू यन्त्रको दास बनेर घर परिवार तथा सामाजिक संसारलाई विर्सदै गइरहेका छन् भने अर्कोतर्फ मानव सभ्यता यान्त्रिक तथा वैज्ञानिक सभ्यताबाट सुखी र सन्तष्टि हुन सक्दैनन् भन्ने कुरालाई देखाइएको पाइन्छ । विज्ञान मानव विवेकले नियन्त्रित बन्नुपर्छ भने विज्ञानका चामत्कारिक आविष्कारहरू मानव हितका निम्ति हुनुपर्छ । विज्ञानले संसारमा स्थापित गरेको अनौठो दुनियाँ प्रस्तुत गरिएको यस नाटकमा सबैले आपसमा प्रेम, मेल र शान्तिको कामना गरेमा मात्र मानवको कल्याण हुन्छ भन्ने कुरा देखाइएको छ । त्यसैले आजका मानिसहरू भूमण्डलमा मात्र सीमित नभई अन्तरिक्षमा समेत वेधशाला निर्माण गरी वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन सक्छन् भन्ने कुरा देखाउनु नै यस नाटकको कन्द्रीय पक्ष हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.