Comparative Assessment from the Eastern Approach: पूर्वी र पश्चिमी सोचको मिलन

Authors

Abstract

शैक्षिक दृष्टिले पूर्व र पश्चिमी सोचको मिलन विषयक ग्रन्थः Comparative Assessment from the Eastern Approach को समीक्षा गर्नुको मुख्य कारण यसले पूर्वीय र पश्चिमी दार्शनिक, सांस्कृतिक र व्यवस्थापन सोचबीचको अन्तरलाई एकीकृत गर्ने प्रयास गरेको छ भन्ने तथ्यलाई विश्लेषण गर्नु गरेको छ । यस पुस्तकले पूर्वीय आध्यात्मिकता र पाश्चात्य तर्कशास्त्रका आधारभूत मतभेदहरूलाई वैज्ञानिक र व्यवस्थापकीय सन्दर्भमा पुनः मूल्याङ्न गरेर सन्तुलन स्थापित गर्ने दृष्टिकोण प्रस्तुत गरेको छ  । साथै, मानव संसाधन व्यवस्थापनसँग सम्बन्धित नैतिक पूँजी निर्माण र व्यवस्थापनका प्रक्रियामा देखा परेका चुनौतीहरूको गहिरो अध्ययन गरी व्यावहारिक समाधानका सिफारिसहरू गहन ढङ्गले प्रस्तुत गरेको छ । साथै उक्त पुस्तकबाट संस्थागत विकासमा योगदान पुर्याउने विभिन्न आयामहरू निर्धारण गरेको पाइन्छ  । शिक्षा क्षेत्रमा यसको प्रयोग र प्रभावकारीतालाई मध्यनजर गर्दै, यसले योग दर्शनमार्फत मानव विकासका आयामहरूलाई समेटेको छ, जसले समग्र विकासका लागि दीर्घकालीन दृष्टिकोण प्रदान गर्दछ  । यी सबै पक्षले गर्दा यो पुस्तकलाई पुनः अध्ययन गरेर पूर्व र पश्चिमी सोचको समन्वयमार्फत नयाँ ज्ञान सिर्जना गर्ने र तिनलाई आफ्नोतर्क तथा अभ्यासमा प्रयोग गर्न आवश्यक रहेको पुष्टि हुन्छ । यसले शैक्षिक अनुसन्धान तथा व्यावसायिक अभ्यास दुवैमा नवप्रवर्तन र बहुआयामिक समग्रता ल्याउने महत्त्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
49
pdf (नेपाली)
22

Published

2025-10-30

How to Cite

Kattari, P. (2025). Comparative Assessment from the Eastern Approach: पूर्वी र पश्चिमी सोचको मिलन. SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 2(1), 91–99. Retrieved from https://www.nepjol.info/index.php/spswag/article/view/85830

Issue

Section

Review Articles