लङ्गडाको साथी उपन्यासमा अङ्गीरस

Authors

  • Sanjaya Khatiwada नेपाल खुला विश्वविद्यालय

Keywords:

अङ्गी रस, अनुभाव, विभाव, व्यभिचारी भाव, स्थायी भाव

Abstract

प्रस्तुत लेखको उद्देश्य लैनसिंह बाङ्देलद्वारा लिखित लङ्गडाको साथी उपन्यासमा अङ्गीरसको पहिचान र विश्लेषण गर्नु रहेको छ । यस उद्देश्यलाई पूरा गर्न लङ्गडाको साथी उपन्यासमा अङ्गी रसको विकास कसरी भएको छ भन्ने प्रश्न तय गरिएको छ । यस लेखमा सामग्री विश्लेषणका लागि पूर्वीय काव्यशास्त्रीय मान्यताअन्तर्गत रससिद्धान्तलाई आधार मानिएको छ । आचार्य भरतमुनिद्वारा प्रतिपादन गरिएको तथा उनीपछिका रसवादी आचार्यहरूबाट परिपोषित मान्यताका आधारमा स्थापित रसवादी चिन्तनलाई आधार मानेर यस उपन्यासको गरिएको छ । पुस्तकालयीय कार्य तथा निगमनात्मक विधिको परिधिमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरी सामग्रीको विश्लेषण गरिएको छ । यस लेखमा मुख्य घटनावस्तुका आधारमा लङ्गडाको साथी उपन्यासमा निष्पादित अङ्गीसलाई रससामग्रीका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासको मुख्य घटनाका आधारमा अङ्गी रसका रूपमा शोक स्थायी भाव भएको करुण रहेको देखिन्छ । करुण रसको विभावअन्तर्गत दार्जिलिङ सहरका विभिन्न गल्ली तथा बाटोहरूमा देखापरेका पात्रहरू, स्कुले विद्यार्थीहरू, होटलमा रहेका विभिन्न मानिसहरू, ड्राइभर, पुलिस हाकिम आदिजस्ता पात्रहरू आलम्बन तथा लङ्गडा र कुकुर बिचको मित्रता, लङ्गडाले भोकभोकै दार्जिलिङ सहरका गल्लीहरूमा हिड्नु पर्दाको दुःख, लङ्गडालाई स्कुले तथा सहरका अन्य केटाकेटीहरूले जिस्क्याउने लगायतका अन्य अमानवीय कार्यहरू, ड्राइभर, पुलिसको हाकिम आदिजस्ता पात्रहरूले देखाएको व्यवहार, पुसको ठण्डी, जाडो, लङ्गडालाई उसको साथी कुकुरले देखाएको व्यवहार, कुकुर हराउँदा लङ्गडाद्वारा प्रस्तुत व्यवहार आदिजस्ता घटनाहरू र परिवेश उद्दीपन विभाव बनेका छन् । त्यसैगरी कुकुरको अनुपस्थितिमा लङ्गडा छटपटिनु, लङ्गडाको अभावमा कुकुर छटपटिनु, कुकुरको व्यवहारले लङ्गडामा कहिले खुसी त कहिले दुःखी बन्नु आदिजस्ता विभिन्न घटनाहरू अनुभाव बनेका छन् भने जडता, चिन्ता, ग्लानि, विषाद त्रास, व्याधि, उन्माद, मोह र मरण व्यभिचारी भावका रूपमा रहेका छन् । प्रस्तुत लेखले रसवादी कोणबाट लङ्गडाको साथी उपन्यासमा अङ्गी रसको मात्र अध्ययन विश्लेषण गरेको छ । यही नै यस अध्ययनको सीमा रहेको छ भने यस उपन्यासको रसवादी कोणबाट अध्ययन गर्न चाहने अध्येता, पाठक तथा जिज्ञासा राख्ने जोकोही लाभान्वित हुने भएकाले
यो अध्ययन औचित्यपूर्ण हुनेछ ।

Abstract
37
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

लङ्गडाको साथी उपन्यासमा अङ्गीरस. (2025). Southwestern Research Journal, 3(1), 89-100. https://doi.org/10.3126/srj.v3i1.93339

Issue

Section

Articles

How to Cite

लङ्गडाको साथी उपन्यासमा अङ्गीरस. (2025). Southwestern Research Journal, 3(1), 89-100. https://doi.org/10.3126/srj.v3i1.93339