भानुभक्त आचार्यको रामायणमा रसविधान

Authors

Keywords:

अध्यात्मरामायण, आदिकवि, दर्शन, रघुनाथ, जुगुप्सा

Abstract

आदिकवि भानुभक्त आचार्य प्राथमिक कालीन नेपाली काव्य धाराका केन्द्रीय कवि हुन् । मूलतः आदिकवि पदविद्वारा विभुषित भए पनि उनीभन्दा पहिले केही कविहरू रहेका छन् । आदिकविद्वारा सम्मान पछि खोज तथा अनुसन्धानका व्रmममा इतिहासशिरोमणि बाबुराम आचार्यले यो तथ्य पत्ता लगाएका हुन् । उनीभन्दा पहिले वीर धारा, राम भक्ति धाराकै रघुनाथ पोख्रेलको सुन्दरकाण्ड र कृष्ण भक्ति धाराका वसन्त शर्माको कृष्णचरित्रलगायत अन्य कविहरू देखापर्दछन् । नेपाली कविताको प्रारम्भ खोज्दै जाने हो भने हालसम्मको अनुसन्धानले सुवानन्द दासको पृथ्वीनारायण शाह कवितालाई चिनाउँछ । वीर धाराका यदुनाथ पोख्रेल, गुमानी पन्तलगायतका कविहरूका वीरभावनाले ओतप्रोत भएका कविता यस समयमा देखापर्दछन् । वि.सं.१८७२ को सुगौली सन्धिले नेपालीहरूको मानसिकतामा आएको निरास भावनाबाट भक्तिभाव जागृत हुन पुग्दछ र भक्ति धाराको प्रादुर्भाव हुन्छ । फलतः समग्र भक्ति धाराअन्तर्गत राम भक्ति धाराका कित्तामा उभिएका भानुभक्त आचार्य देखापर्दछन् । उनले रामलाई आदर्श पात्र बनाएर संस्कृतमा लेखिएका अध्यात्मरामायण, वाल्मीकिरामायण र तुलसीकृत रामायणलाई आधार मानेर नेपाली परिवेशअनुसारको रामायण रचना गर्न पुग्दछन् । प्रस्तुत भानुभक्तीय रामायण नेपाली समाजको सर्वाधिक लोकप्रिय काव्य हो । रामायण एक्लै घरमा बस्दा, विरहमा, दुःख पर्दा, खुसी हुँदा र फुर्सदका समयमा मिठो लयमा गाएर दुःख कम गर्ने र सुखको अनुभूति गर्ने नजिकको साथी हो । सानातिना दुःख र पीडाहरूलाई तथा विरामीपनलाई कम गर्ने औषधी हो । प्रस्तुत नेपाली भाकाको रामायण महाकाव्यमा नेपाली साहित्यमा प्रचलित नवरसको जीवन्त चित्रण गरिएको छ । जसका उदाहरणले यो कुराको पुष्टि गर्दछ । प्रस्तुत आलेखमा भानुभक्तीय रामायणमा कुनकुन रसको के कसरी प्रयोग गरिएको छ भनी खोतल्ने काम गरिएको छ ।  यसरी अध्ययन गर्दा रामायणलाई प्राथमिक स्रोतको रूपमा र अन्य रामायणसम्बन्धी विश्लेषण गरिएका लेखरचना आदिलाई द्वितीय स्रोतका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत लेखमा कृतिसम्बन्धी विश्लेषण गरिएको हुँदा पुस्तकालयीय अध्यययन कार्य गरिएको छ । यस अध्ययनले रामायणमा नौवटै रसको प्रयोग भएको निष्कर्ष निकालिएको छ । साहित्यमा प्रयुक्त नौवटै रसको प्रयोग भए पनि परिपाकका रूपमा करुण रस देखापरेको छ ।   

Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-09-01

How to Cite

Khatiwada, H. P. (2026). भानुभक्त आचार्यको रामायणमा रसविधान. Sharada Research Journal, 1(2), 184-194. https://doi.org/10.3126/srj.v1i2.99149

Issue

Section

Research Articles

How to Cite

Khatiwada, H. P. (2026). भानुभक्त आचार्यको रामायणमा रसविधान. Sharada Research Journal, 1(2), 184-194. https://doi.org/10.3126/srj.v1i2.99149