करुणरसको सापेक्षतामा गौरी खण्डकाव्यको विश्लेषण
DOI:
https://doi.org/10.3126/sudurpaschim.v2i2.80502Keywords:
रससामग्री, आलम्बन विभाव,, उद्दीपन विभाव, रस परिपाक, साधारणीकरणAbstract
माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्य नपाली साहित्यको अमूल्य निधि हो । यस खण्डकाव्यको आदिदेखि अन्त्यसम्म करुणरस प्रवाहित भएको पाइन्छ । यस कृतिको करुणरसका दृष्टिले अहिलेसम्म अध्ययन नभएकाले त्यही रिक्तता परिपूर्तिका लागि यो अध्ययन गररएको छ । यसरी गौरी खण्डकाव्यमा प्रयोग भएको करुणरसको पहिचान र विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य हो । यस अध्ययनमा पुस्तकालयबाट सामग्री सङ्कलन गरी पूर्वीय रससिद्धान्तको सैद्धान्तिक मान्तयताका आधारमा गुणात्मक ढाँचा प्रयोग गरी गौरी खण्डकाव्यका करुणरससँग सम्बन्धित विशिष्ट श्लोकको पाठपरक विश्लेषण गररएको छ । करुणरसको स्थायी भाव शोक हो । इष्टजनको वियोग, वैभवको नाश, प्रिय व्यक्तिको वध, प्रियजनसितको वियोग वा मरण देखर वा सुनेर मनमा उत्पन्तन हुने विकलताबाट करुणरस उत्पन्न हुन्छ । गौरी खण्डकाव्यमा पनि घिमिरेले उनकी धर्मपत्नी गौरीको मृत्युपश्चात् घोर निराशाका दिनहरूमा आफ्ना मनोगत भावहरू करुणरसमा प्रस्तुत गरेका छन् । यसरी घिमिरेकी पत्नीको दुःखद निधनले कविहृदयमा उठेका निराशाका ज्वारहरू करणरसमा कसरी प्रस्तुत भएका छन् भन्ने कुराको अध्ययन यस लेखमा गरिएको छ । यसैगरी यस अध्ययनमा करुणरसका रससामग्री विभाव, अनुभाव र व्यभिचारी भावहरूका कारण करुणरस कसरी परिपाक अवस्थामा पुगको छ भन्ने कुराको चर्चा गरिएको छ । यसरी विश्लेषणगर्दा गौरी खण्डकाव्य करुणरस प्रयोगका दृष्टिले उच्च कोटीको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.