चरैवति उपन्यासमा प्रजाति र परिवेश
DOI:
https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90883Keywords:
प्रजाति, परिवेश, विज्ञान, भाैतिकवाद, संस्कृतिAbstract
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्यासमा प्रजाति र परिवेशको प्रयोग के कसरी गरिएको छ भनी अध्ययन गर्नु यस लेखको मूल समस्या र उद्देश्य हो । पुस्तकालयबाट सङ्कलित आधारभूत र सन्दर्भ स्रोत सामग्रीको विमर्श पाठविलेषण विधिबाट गरिएको छ । यसमा टेनले चर्चा गरेको प्रजाति र परिवेशसमबद्ध सिद्धान्तका आधारमा विशलेषणका मानदण्ड तयार पारेर कृतिबाट तथ्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । टेनका अनुसार व्यक्तिका विशेषता, आनुवांशिकता, मानसिक बनावट र शारीरिक संरचना जस्ता पक्षहरू पनि प्रजाति हुन् । परिवेशले उपन्यासमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई बुझाउँछ, जसले पाठकलाई बाँध्ने काम गर्छ । मुख्यतः उपन्यसमा ब्राहमण, क्षेत्री, दलित, आदिवासी जनजाति गरी उपन्यासमा तीन प्रजातिका पात्रहरू रहेका छन् । परिवेशको दृष्टिबाट उपन्यासलाई नियाल्दा उपन्यासमा प्राकृतिक र भौगोलिक परिवेश, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश, राजनीतिक परिवेश, आर्थिक परिवेश, ऐतिहासिक परिवेश र वैज्ञानिक तथा समसामयिक परिवेशको चित्रण गरिएको छ । उपन्यासमा प्रजातिगत पहिचान, सामाजिक पृष्ठभूमि र मानसिक संरचनाको यथोचित प्रयोग गरिनुका साथै लेखकीय प्रजातिगत गुण र ऊ बाँचेको समाजको प्रतिबिम्बन कृतिमा झल्किएको पाइन्छ यसर्थ टेनको समाजशास्त्रीय सिद्धान्तका आधारमा प्रजाति र परिवेशको दृष्टिले चरैवेति उपन्यास सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.