चरैवति उपन्यासमा प्रजाति र परिवेश

Authors

  • Bipen Bishwakarma NIMS College, Kumaripati, Lalitpur

DOI:

https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90883

Keywords:

प्रजाति, परिवेश, विज्ञान, भाैतिकवाद, संस्कृति

Abstract

प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्यासमा प्रजाति र परिवेशको प्रयोग के कसरी गरिएको छ भनी अध्ययन गर्नु यस लेखको मूल समस्या र उद्देश्य हो । पुस्तकालयबाट सङ्कलित आधारभूत र सन्दर्भ स्रोत सामग्रीको विमर्श पाठविलेषण विधिबाट गरिएको छ । यसमा टेनले चर्चा गरेको प्रजाति र परिवेशसमबद्ध सिद्धान्तका आधारमा विशलेषणका मानदण्ड तयार पारेर कृतिबाट तथ्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । टेनका अनुसार व्यक्तिका विशेषता, आनुवांशिकता, मानसिक बनावट र शारीरिक संरचना जस्ता पक्षहरू पनि प्रजाति हुन् । परिवेशले उपन्यासमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई बुझाउँछ, जसले पाठकलाई बाँध्ने काम गर्छ । मुख्यतः उपन्यसमा ब्राहमण, क्षेत्री, दलित, आदिवासी जनजाति गरी उपन्यासमा तीन प्रजातिका पात्रहरू रहेका छन् । परिवेशको दृष्टिबाट उपन्यासलाई नियाल्दा उपन्यासमा प्राकृतिक र भौगोलिक परिवेश, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश, राजनीतिक परिवेश, आर्थिक परिवेश, ऐतिहासिक परिवेश र वैज्ञानिक तथा समसामयिक परिवेशको चित्रण गरिएको छ । उपन्यासमा प्रजातिगत पहिचान, सामाजिक पृष्ठभूमि र मानसिक संरचनाको यथोचित प्रयोग गरिनुका साथै लेखकीय प्रजातिगत गुण र ऊ बाँचेको समाजको प्रतिबिम्बन कृतिमा झल्किएको पाइन्छ यसर्थ टेनको समाजशास्त्रीय सिद्धान्तका आधारमा प्रजाति र परिवेशको दृष्टिले चरैवेति उपन्यास सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF (Nepali)
1

Downloads

Published

2026-02-24

How to Cite

Bishwakarma, B. (2026). चरैवति उपन्यासमा प्रजाति र परिवेश. Sudurpaschim Spectrum, 3(1-2), 237–248. https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90883

Issue

Section

Articles