'मान्छेको पहिचान र म' कवितामा रसविधान
DOI:
https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90884Keywords:
आक्रोश, परिस्थिति, पीडादायी, व्यभिचारी, स्थायीAbstract
प्रस्तुत अध्ययनमा साहित्यकार रामप्रसाद ज्ञवालीको ‘मान्छेको पहिचान र म’ कवितालाई केन्द्रमा राखी त्यसमा अभिव्यक्त रसविधानको विश्लेषण गरिएको छ । ‘मान्छेको पहिचान र म’ कवितामा रसहरूको प्रयोग के कसरी भएको छ भन्ने मूल समस्यामा केन्द्रित रही समाधान गर्ने उद्देश्य रहेको छ । जात, भाषा, रूपरङ र भूगोलका आधारमा मान्छेको पहिचान छुट्याउनुको सट्टा मानवता, श्रम, मौलिकता र सहअस्तित्वमा आधारित पहिचानको पक्षमा कविले आवाज उठाएका छन् । यस अध्ययनमा भरतमुनिको रससूत्रलाई सैद्धान्तिक आधार मान्दै विभाव, अनुभाव र सञ्चारी भावका माध्यमबाट निगमनात्मक र पाठविश्लेषण विधिको अबलम्बन गरिएको छ । कवितामा शान्त रस मुख्य रूपमा आएर मानवताको विवेकपूर्ण दृष्टि प्रस्तुत गरेको छ भने सहायक रसका रूपमा वीर रसले श्रम, साहस र कर्मप्रेमलाई अभिव्यक्त गरेको छ र रौद्र रसले अन्याय, ईष्र्या र कुसंस्कारविरुद्धको विद्रोही चेतना प्रस्तुत गरेको छ यसरी रसविधानको सन्तुलित प्रयोगले कविता केवल सौन्दर्यपूर्ण कृति मात्र नभई सामाजिक चेतना, राष्ट्रिय एकता र परिवर्तनको मार्गदर्शक सन्देश बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.