'मान्छेको पहिचान र म' कवितामा रसविधान

Authors

  • Sangita Shrestha

DOI:

https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90884

Keywords:

आक्रोश, परिस्थिति, पीडादायी, व्यभिचारी, स्थायी

Abstract

प्रस्तुत अध्ययनमा साहित्यकार रामप्रसाद ज्ञवालीको ‘मान्छेको पहिचान र म’ कवितालाई केन्द्रमा राखी त्यसमा अभिव्यक्त रसविधानको विश्लेषण गरिएको छ । ‘मान्छेको पहिचान र म’ कवितामा रसहरूको प्रयोग के कसरी भएको छ भन्ने मूल समस्यामा केन्द्रित रही समाधान गर्ने उद्देश्य रहेको छ । जात, भाषा, रूपरङ र भूगोलका आधारमा मान्छेको पहिचान छुट्याउनुको सट्टा मानवता, श्रम, मौलिकता र सहअस्तित्वमा आधारित पहिचानको पक्षमा कविले आवाज उठाएका छन् । यस अध्ययनमा भरतमुनिको रससूत्रलाई सैद्धान्तिक आधार मान्दै विभाव, अनुभाव र सञ्चारी भावका माध्यमबाट निगमनात्मक र पाठविश्लेषण विधिको अबलम्बन गरिएको छ । कवितामा शान्त रस मुख्य रूपमा आएर मानवताको विवेकपूर्ण दृष्टि प्रस्तुत गरेको छ भने सहायक रसका रूपमा वीर रसले श्रम, साहस र कर्मप्रेमलाई अभिव्यक्त गरेको छ र रौद्र रसले अन्याय, ईष्र्या र कुसंस्कारविरुद्धको विद्रोही चेतना प्रस्तुत गरेको छ यसरी रसविधानको सन्तुलित प्रयोगले कविता केवल सौन्दर्यपूर्ण कृति मात्र नभई सामाजिक चेतना, राष्ट्रिय एकता र परिवर्तनको मार्गदर्शक सन्देश बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF (Nepali)
0

Downloads

Published

2026-02-24

How to Cite

Shrestha, S. (2026). ’मान्छेको पहिचान र म’ कवितामा रसविधान. Sudurpaschim Spectrum, 3(1-2), 249–255. https://doi.org/10.3126/sudurpaschim.v3i1-2.90884

Issue

Section

Articles