नयाँ घर उपन्यासमा वर्गीय चेतना

Authors

  • Amrita Devi Sharma नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

Keywords:

सामन्तवाद, पुँजीवाद, वर्गमुक्ति, वर्गसङ्घर्ष, विस्तारवाद

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख आहुतिको ‘नयाँ घर’ उपन्यासमा अभिव्यक्त वर्गीय चेतनाका विभिन्न स्वरूपको विश्लेषणमा केन्द्रित रहेको छ । यस उपन्यासमा पञ्चायतकालीन नेपाली समाजको वर्गीय स्वरूपको विश्लेषण गर्दै त्यस समयमा सामन्ती र पुँजीवादी उत्पादनव्यवस्था विरुद्ध निम्नवर्गीय किसान र मजदुरको सङ्घर्षको आवश्यकता रहेको र त्यसका लागि निम्नवर्गीय एकता तयार भइरहेको अवस्था र त्यसको अपरिहार्यलाई देखाउनु यस लेखको उद्देश्य हो । यो अनुसन्धान गुणात्मक अध्ययनपद्धतिमा आधारित छ । यसका लागि पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरिएको छ । यसको सैद्धान्तिक ढाँचाको अध्ययन गर्न माक्र्सवादको ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आधार बनाइएको छ । यस क्रममा कृतिमा निहित वर्गीय चेतनाको अध्ययनका लागि सामन्तवाद र पुँजीवादविरुद्ध निम्नवर्गीय चेतना, विस्तारवाद र साम्राज्यवादविरोधी चेतना, विकृत संस्कृतिविरोधी चेतना गरी तीन ओटा पर्याधारको उपयोग गरिएको छ । यस उपन्यासमा निम्नवर्गको मुक्तिका लागि त्यही वर्गले सचेततापूर्वक र सङ्गठित रूपमा गर्ने वर्गसङ्घर्ष अनिवार्य छ भन्ने चिन्तन प्रस्तुत भएको छ । यस उपन्यासमा नेपाली जनतामाथि सामन्ती राजतन्त्रद्वारा गरिएको उत्पीडन, निम्नवर्गीय किसानमाथि सामन्ती साहुद्वारा गरिएको उत्पीडन, कारखानमा काम गर्ने मजदुरमाथि कारखाना मालिकले गरेको उत्पीडन, महिलाहरूमाथि पितृसत्तात्मक सामाजिक व्यवस्थाले गरेको उत्पीडनलाई चित्रित गर्दै उत्पीडितहरूमा जागृत भएको शोषण, दमन र उत्पीडनविरोधी चेतना प्रस्तुत भएको छ ।

Abstract
126
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

नयाँ घर उपन्यासमा वर्गीय चेतना . (2025). THE ACADEMIA, 5(1), 236-247. https://doi.org/10.3126/ta.v5i1.77383

Issue

Section

Research Articles

How to Cite

नयाँ घर उपन्यासमा वर्गीय चेतना . (2025). THE ACADEMIA, 5(1), 236-247. https://doi.org/10.3126/ta.v5i1.77383