माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखन क्षमता

Authors

  • Om Prakash Acharya त्रिभुवन विश्वविद्यालय

Keywords:

संरचनात्मक, व्याकरणिक, अभ्यासात्मक, प्रयोगपरक, व्यावहारिक, स्तरीय

Abstract

व्यावहारिक लेखन भन्नाले दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु हुन् । व्यावहारिक लेखन अन्तर्गत चिठीः व्यक्तिगत, कार्यालयीय, व्यावसायिक, निवेदन, सूचना, विज्ञापन, रसिद, भर्पाइ, मन्जुरीनामा, निर्णयपुस्तिका लेखन, व्यक्तिगत विवरण पर्दछन् । नेपालको शैक्षिक संरचना अनुरुप माध्यमिक तह विद्यालय तह हो । कक्षा ९ देखि कक्षा १२ सम्मको कक्षागत तहलाई माध्यमिक तह भनिन्छ । कक्षा १० उत्तीर्ण भएपछि एस.इ.इ. ( सेकेन्डरी एजुकेसन इग्जामाइनेसन ) को परीक्षा हुने गर्दछ । यस परीक्षामा उत्तीर्ण भएपछि कक्षा ११ मा अध्ययन गर्न पाइन्छ । यस अध्ययनमा कक्षा १० लाई केन्द्रविन्दुमा राख्दै एस.इ.इ.को परीक्षा दिन तयारी अवस्थामा रहेका विद्यार्थीहरुको चिठी लेखन क्षमता के कस्तो छ ? उनीहरुमा देखापरेका चिठी लेखनका मूलभूत समस्याहरु के के छन् ? समस्या समाधान के कसरी गर्न सकिन्छ ? भन्ने जिज्ञासा एवम् अनुसन्धेय प्रश्नमा आधारित भई माध्यमिक तहका विद्यार्थीहरूको चिठी लेखन क्षमताको पहिचान गर्नु, चिठी लेखनमा आइपरेका समस्याहरु उल्लेख गर्नु, समस्या समाधानका उपाय सुझाउनु जस्ता उद्देश्यमा यो अध्ययन केन्द्रित रहेको छ । पुस्तकालयीय र क्षेत्रगत अध्ययन विधि अवलम्बन गरिएको यस अनुसन्धानमा उद्देश्यपरक ढङ्गबाट नमुना छनोट गरी परीक्षणको सामग्री प्रश्नावली रहेको छ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाका ४ वटा सामुदायिक माध्यमिक विद्यालयका १२० जना विद्यार्थीहरु नमुनाका रुपमा रहेकाछन् । ११० जना विद्यार्थीहरुमा व्यावहारिक लेखन क्षमताको प्रश्नावलीका सहायताबाट परीक्षण गरी व्यावहारिक लेखनको चिठी लेखन ः कार्यालयीय प्रत्येक विद्यार्थीको विश्लेषण गरी क्षमतालाई प्रतिशतमा राखिएकोछ । यसले जुम्ला जिल्लाका चन्दननाथ नगरपालिकाका माध्यमिक तहका कक्षा १० का विद्यार्थीहरुको व्यावहारिक लेखन क्षमताको पहिचान गरिएको छ । चिठी लेखनको आन्तरिक संरचनामा रहेका मिति, सम्बोधन, विषय ,संरचना, पठाउने र पाउने संरचनामा केन्द्रितभएर लेख्न सक्ने विद्यार्थीहरु ५६.३२५ छन् । उक्त संरचनामा आधारित भएर लेख्न नसक्ने कमजोर विद्यार्थीहरु ४३.६८५ रहेका छन् ।  त्यस्तैगरी चिठी लेखनको विषयवस्तुगत प्रस्तुतिमा ४८.४६५ विद्यार्थीहरू सक्षम छन् ५१.५४५ विद्याथीहरू चिठी लेखनको विषयवस्तुगत प्रस्तुतिमा कमजोर रहेका छन् ।  लेखन क्षमतामा देखिएका समस्या, र समाधानका लागि सुझाव, चिठी लेखन क्षमता अभिवृद्धिका उपाय पेश गरिएकोछ । शिक्षण सिकाइमा केन्द्रित यस  अनुसन्धानात्मक लेखले चिठी लेखन क्षमताको अवस्था, शिक्षण सिकाइ सिद्घान्त र प्रयोगमा मद्दत गर्नेछ ।

Abstract
207
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखन क्षमता . (2025). THE ACADEMIA, 5(1), 248-261. https://doi.org/10.3126/ta.v5i1.77384

Issue

Section

Research Articles

How to Cite

माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखन क्षमता . (2025). THE ACADEMIA, 5(1), 248-261. https://doi.org/10.3126/ta.v5i1.77384