स्नातक तहका कथामा उद्भभावनात्मक सन्दर्भ

Authors

  • Keshab Bhusal नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर

Keywords:

स्नातक तह, स्नातक नेपाली, उद्भावनात्मक सन्दर्भ, राजनीतिक उद्भावनात्मक सन्दर्भ, यौनमनोवैज्ञानिक उद्भावनात्मक सन्दर्भ

Abstract

प्रस्तुत लेख स्नातक तहमा समावेश गरिएका कथाहरूमा निहित उद्भावनात्मक सन्दर्भको अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथामा निहित उद्भावनात्मक सन्दर्भको अध्ययन गर्नु, निर्दिष्ट कथामा व्यवहृत उद्भावनात्मक सन्दर्भको प्रकृति विश्लेषण गर्नु, कथामा प्रस्तुत उद्भावनात्मक सन्दर्भको तुलनात्मक स्थिति समीक्षण गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनमा उद्भावनात्मक सन्दर्भका बारेमा सैद्धान्तिक चर्चा गरिएका सैद्धान्तिक सामग्रीहरूलाई मुख्य सामग्रीका रूपमा उपयोग गरिएको छ । यस अध्ययनका आधारमा स्नातक तहका कथाहरूमा राजनीतिक र यौनमनोवैज्ञानिक उद्भावनात्मक सन्दर्भको प्रयोग गरिएको, यौनमनोवैज्ञानिक उद्भावनात्मक सन्दर्भका तुलनामा राजनीतिक उद् भावनात्मक सन्दर्भको अधिकाधिक प्रयोग गरिएको, एकै प्रकृतिको उद्भावनात्मक सन्दर्भमा आधारित कथाहरू समावेश गरिनु उपयुक्त नभएको लगायतका निष्कर्ष निकालिएको छ ।  प्रस्तुत अध्ययनले स्नातक तहमा समावेश गरिएका कथाका कथाकार, अध्यापनरत शिक्षक, अध्ययनरत विद्यार्थीका अतिरिक्त यस क्षेत्रमा अध्ययन गर्न चाहने जोकोहीलाई आवश्यकीय ज्ञान प्राप्त गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

Abstract
106
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

स्नातक तहका कथामा उद्भभावनात्मक सन्दर्भ . (2025). THE ACADEMIA, 5(1), 262-272. https://doi.org/10.3126/ta.v5i1.77385

Issue

Section

Research Articles

How to Cite

स्नातक तहका कथामा उद्भभावनात्मक सन्दर्भ . (2025). THE ACADEMIA, 5(1), 262-272. https://doi.org/10.3126/ta.v5i1.77385