स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको अवस्था, समस्या र समाधानका उपायहरु {The status, problems, and solutions of the local curriculum development process}
DOI:
https://doi.org/10.3126/tej.v13i1.81675Keywords:
घटना अध्ययन, चुनौति, निर्देशिका, मातृभाषा, स्थानीय पाठ्यक्रमAbstract
स्थानीय पाठ्यक्रम भन्नाले स्थानीय आवश्यकता, सन्दर्भ एवम् सरोकारवालाको सक्रिय सहभागितामा स्थानीय
तहमा विकास तथा कार्यान्वयन गरिने पाठ्यक्रम हो । यो अध्ययनले गोरखा नगरपालिकामा स्थानीय पाठ्यक्रम
निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था कस्तो रहेको छ र निर्माण प्रक्रियामा देखिएका समस्याहरु के के रहेछन्
र समाधानका उपायहरु के के हुन सक्छन् भनी खोजी गर्ने उद्देश्य राखेको छ । यो पाठ्रयक्रम स्थानीय पाठ्यक्रम
निर्माण तथा कार्यान्वयन निर्देशिका २०७६ (पा.वि.के.,२०७६) अनुसार स्थानीय पाठ्यक्रम सम्बन्धि विज्ञहरुसँगको
समन्वय, सल्लाह र सुझाव बमोजिम निर्मित पाठ्यक्रम हो भनिए तापनि यहाँका विज्ञहरुलाई नै समावेश गरेर
पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने गरेको भने कमै मात्र पाइन्छ । यो अध्ययन गुणात्मक अनुसन्धान ढाँचा अन्तर्गत
घटना अध्ययन विधिमा आधारित छ भने गोरखा नगरपालिकालाई उद्देश्यमुलक नमुना छनौट विधिबाट अध्ययन
क्षेत्रको रुपमा छनोट गरिएको छ । छनोटमा परेका विद्यालयका विषय शिक्षक, प्र.अ., स्थानीय बुद्धिजिवीहरु र
नगरपालीकाका शिक्षा शाखा प्रमुखसँग खुल्ला अन्तरवार्ता र लक्षित समूह छलफल गरी तथ्यांकहरु संकलन गरिएको थियो ।
यो पाठ्यक्रममा स्थानीय प्रकृति, वातावरण, जनजीवन, संस्कृति तथा आवश्यकतामा संवेदनशील विषयवस्तुहरु
समावेश गर्न सक्ने पर्याप्त सम्भावनाहरु विद्ययमान छन् । यद्यपि गोरखा नगरपालिकाले कक्षा १ दखि ८ सम्मलाई एउटै
सोलोडोलो पाठ्यक्रमको खाका निर्माण गरी कार्यान्वयन गरिरहेको पाइयो भने स्थानीय आवश्यकताका ज्ञान, सीप,
प्रविधि आदिमा आधारित स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनमा विद्यमान संरचनात्मक र कार्यगत चुनौतिहरु
रहेको देखियो । यस पालिकाले प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि दक्ष सीपयुक्त जनशक्ति,
प्राविधिक मार्गदर्शन, स्थानीय आवश्यकता पहिचान गर्ने अध्ययन, सरोकारवालाहरुको व्यापक सहभागिता तथा
समन्वय, आवश्यक स्रोतसाधनहरुको सुनिश्चितता, स्थानीय निकायबाट पर्याप्त बजेटको व्यवस्थापन, कर्मचारी
व्यवस्थापनमा सुधार र अभिभावक तथा समुदायमा स्थानीय ज्ञान, सीप र संस्कृतिको महत्वका बारेमा जागरुकता
बढाउन अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ ।