गोपालप्रसाद रिमालका नाटकमा पात्र विधान {The character featurization in the plays of Gopal Prasad Rimal}
DOI:
https://doi.org/10.3126/tej.v13i1.81677Keywords:
पात्रविधान, चरित्रचित्रण, नायक, नायिका, सामाजिक यथार्थताAbstract
साहित्यको दृश्य विधाअन्तर्गत पर्ने नाटक विधामा पात्रविधान अनिवार्य तत्वका रूपमा रहन्छ । पात्रका बिचको
संवाद, द्वन्द्व र अभिनयका माध्यमबाट नाटककारले आफ्नो विचार व्यक्त गर्ने भएकाले नाटकमा पात्रको
महत्वपूर्ण भूमिका हुन्छ । नेपाली नाट्य जगत्का सशक्त प्रतिभा गोपालप्रसाद रिमालका मसान र यो प्रेम नाटकको
पात्रविधानको चर्चा गर्नु यस लेखको उद्देश्य हो । लेखको उद्देश्य पूरा गर्न गुणात्मक अध्ययन विधिको अवलम्बन
गरिएको छ । अनुसन्धानमूलक पुस्तक, समालोचनात्मक शोधपत्र, जर्नल तथा पाठ्यसन्दर्भहरुको गहन अध्ययन
गरी नाटकका पात्रको सैद्धान्तिक आधार तयार गरिएको छ । निर्मित सैद्धान्तिक आधारको जगमा टेकेर रिमालका
नाटकको पात्रको भूमिका, कार्य र चरित्रको विश्लेषण गरिएको छ । यस व्रmममा तथ्य विश्लेषणात्मक र वर्णनात्मक
विधिको प्रयोग गरिएको छ । निर्मित सैद्धान्तिक चर्चालाई पुष्टि गर्न नाटकबाट साक्ष्यहरू प्रस्तुत गर्दै तिनको
विश्लेषणसमेत गरिएको छ । अध्ययनबाट कम पात्रको प्रयोग गरिएको, नारी पात्रलाई सशक्त रूपमा उभ्याइएको,
पुरुष पात्रका स्वार्थी चरित्र उदाङ्गो पारिएको, समाजमा नारी पात्रका समस्या र नारीमाथि पुरुषले गर्ने शोषणको
चित्रण र विरोध गर्ने कार्य सशक्त रूपमा गरिएको निष्कर्ष निकालिएको छ । पात्र प्रयोगका दृष्टिले दुवै नाटक सफल
रही रिमाललाई पात्रको प्रयोगका दृष्टिले सफल नाटककारका रूपमा स्थापित गरेको छ ।