हरिनगर गाउँपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण र परिवर्तन
DOI:
https://doi.org/10.3126/thj.v17i1.77926Keywords:
भूमिको खण्डीकरण, भू–उपयोग क्षेत्र वर्गीकरण, भू–उपयोग नक्सा, भू–उपयोग योजनाAbstract
भूमि, उत्पादनको मुख्य स्रोत तथा जीवन निर्वाहको एउटा प्रमुख आधार मानिन्छ । नेपालमा भूमिको उचित व्यवस्थापन तथा कृषि भूमिको संरक्षणका लागि भू–उपयोग क्षेत्र वर्गीकरण गरी योजना तर्जुमा गर्न भू–उपयोग नियमावली २०७९ ले गरेको व्यवस्था र स्थानीय आवश्यकता समेतका आधारमा गरिएको भू–उपयोग क्षेत्र वर्गीकरण तथा त्यसको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन मुख्यतः प्राथमिक तथ्याङ्कमा आधारित रहेको छ । यस अध्ययनमा भूमिको स्वामित्व तथा भू–उपयोग क्षेत्रसम्बन्धी नक्सा तथा तथ्याङ्क नापी विभागबाट लिइएको छ । सडक विस्तारसँगै बस्ती विकास, सहरीकरण, बसाइँ सराइको प्रभाव, औद्योगिक ग्रामको व्यवस्था, भौतिक पूर्वाधारहरूको निर्माण, बाढी तथा डुबानजस्ता सामाजिक, आर्थिक र जलवायुजन्य प्रकोपका कारणले अध्ययन क्षेत्रको भू–उपयोग प्रणालीमा निरन्तर परिवर्तन भइरहेको छ । स्थानीय भू–उपयोग परिषद्ले निर्धारण गरेका विभिन्न मापदण्डका आधारमा गरीएको भू–उपयोग क्षेत्र वर्गीकरण अनुसार कृषि क्षेत्रमा १७२७.५१ हेक्टरले ह्रास आएको देखिन्छ । नदी, खोला, ताल तथा सिमसार र सार्वजनिक उपयोगका क्षेत्रमा पनि सामान्य कमी आएको छ । आवासीय, व्यावसायिक र सार्वजनिक उपयोगका क्षेत्रहरूमा भने क्रमशः १५१६.५६, १००.५२ र ११३.४६हेक्टरले वृद्धि भएको देखिन्छ ।