हरिनगर गाउँपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण र परिवर्तन

Authors

  • Shalik Ram Sigdel त्रि.वि.,महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ
  • Pramila Basnet त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ।
  • Man Singh Mahara त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

Keywords:

भूमिको खण्डीकरण, भू–उपयोग क्षेत्र वर्गीकरण, भू–उपयोग नक्सा, भू–उपयोग योजना

Abstract

भूमि, उत्पादनको मुख्य स्रोत तथा जीवन निर्वाहको एउटा प्रमुख आधार मानिन्छ । नेपालमा भूमिको उचित व्यवस्थापन तथा कृषि भूमिको संरक्षणका लागि भू–उपयोग क्षेत्र वर्गीकरण गरी योजना तर्जुमा गर्न भू–उपयोग नियमावली २०७९ ले गरेको व्यवस्था र स्थानीय आवश्यकता समेतका आधारमा गरिएको भू–उपयोग क्षेत्र वर्गीकरण तथा त्यसको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन मुख्यतः प्राथमिक तथ्याङ्कमा आधारित रहेको छ । यस अध्ययनमा भूमिको स्वामित्व तथा भू–उपयोग क्षेत्रसम्बन्धी नक्सा तथा तथ्याङ्क नापी विभागबाट लिइएको छ । सडक विस्तारसँगै बस्ती विकास, सहरीकरण, बसाइँ सराइको प्रभाव, औद्योगिक ग्रामको व्यवस्था, भौतिक पूर्वाधारहरूको निर्माण, बाढी तथा डुबानजस्ता सामाजिक, आर्थिक र जलवायुजन्य प्रकोपका कारणले अध्ययन क्षेत्रको भू–उपयोग प्रणालीमा निरन्तर परिवर्तन भइरहेको छ । स्थानीय भू–उपयोग परिषद्ले निर्धारण गरेका विभिन्न मापदण्डका आधारमा गरीएको भू–उपयोग क्षेत्र वर्गीकरण अनुसार कृषि क्षेत्रमा १७२७.५१ हेक्टरले ह्रास आएको देखिन्छ । नदी, खोला, ताल तथा सिमसार र सार्वजनिक उपयोगका क्षेत्रमा पनि सामान्य कमी आएको छ । आवासीय, व्यावसायिक र सार्वजनिक उपयोगका क्षेत्रहरूमा भने क्रमशः १५१६.५६, १००.५२ र ११३.४६हेक्टरले वृद्धि भएको देखिन्छ ।

Abstract
141
PDF
0

Author Biographies

Shalik Ram Sigdel, त्रि.वि.,महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

भूगोल तथा जनसङ्ख्या शिक्षा विभाग

Pramila Basnet, त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ।

भूगोल तथा जनसङ्ख्या शिक्षा विभाग

Man Singh Mahara, त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

भूगोल तथा जनसङ्ख्या शिक्षा विभाग

Downloads

Published

2025-04-25

How to Cite

हरिनगर गाउँपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण र परिवर्तन. (2025). Teacher Half-Yearly Journal, 17(1), 389-407. https://doi.org/10.3126/thj.v17i1.77926

Issue

Section

Research Articles

How to Cite

हरिनगर गाउँपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण र परिवर्तन. (2025). Teacher Half-Yearly Journal, 17(1), 389-407. https://doi.org/10.3126/thj.v17i1.77926