नेपाली प्राज्ञिक लेखनमा सन्दर्भ व्यवस्थापनका आधारभूत पक्ष

Authors

  • Umanath Sharma
  • Durga Prasad Dahal
  • Heramba Raj Bastola

Keywords:

नेपाली प्राज्ञिक लेखन, सन्दर्भाङ्कन, सन्दर्भ प्रविष्टि, सन्दर्भ स्रोत, सन्दर्भ सूची

Abstract

नेपाली प्राज्ञिक लेखनको  सन्दर्भ व्यवस्थापनमा एकरूपताको अभाव देखिन्छ । त्यसकारण यस सम्बन्धी  आधारभूत पक्षमा समेत देखिएको अन्योल र अस्पष्टता नै यस अध्ययनको समस्या हो । नेपाली प्राज्ञिक लेखनका लागि पाठभित्र र अन्त्यको सन्दर्भ व्यवस्थापनसम्बन्धी आधारभूत पक्षमा सर्वेक्षण तथा छलफल गरी  प्राप्त  सहमतिका आधारमा स्पष्ट मार्गनर्देशिका निर्माण गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो । यसका लागि प्रश्नावलीमार्फत् विद्यमान अभ्यासको सर्वेक्षण र समूह छलफलमा आधारित क्रमिक बहुआयामिक अनुसन्धान विधि अपनाइएको छ । सन्दर्भ व्यवस्थापनसम्बन्धी नेपाली प्राज्ञिक लेखनमा विद्यमान प्रयोगसँग सम्बन्धित दस्तावेजहरूको अध्ययन, ६१ जनाको सहभागी सर्वेक्षण र २१ जना सहभागीहरू बिचको समूह छलफलबाट आवश्यक तथ्य सङ्कलन गरिएको छ । यस सन्दर्भमा यस अध्ययनमा नेपाली प्राज्ञिक लेखनमा नेपाली, हिन्दी र अङ्ग्रेजी माध्यमका प्रचलित प्रकारका स्रोतको सन्दर्भ व्यवस्थापनमा विद्यमान अभ्यास र व्यावहारिक जटिलताका  आधारमा नेपाली भाषा अनुकूल सन्दर्भ व्यवस्थापनका आधारभूत  नियमहरू प्रस्ताव गरिएको छ । प्रस्तुत लेखको निष्कर्ष स्वरूप अघि सारिएको प्रस्तावले नेपाली प्राज्ञिक लेखनको सन्दर्भ व्यवस्थापनमा एकरूपता, शुद्धता र पारदर्शिता प्रवर्धन तथा शोधार्थी, अनुसन्धानकर्ता र प्राज्ञिक समुदायलाई गुणस्तरीय प्राज्ञिक लेखनमा सहयोग पुर्‍याउने छ ।

Abstract
12
PDF
0

Downloads

Published

2026-08-14

How to Cite

Sharma, U. ., Dahal, D. P., & Bastola, H. R. (2026). नेपाली प्राज्ञिक लेखनमा सन्दर्भ व्यवस्थापनका आधारभूत पक्ष . TULSSAA Journal, 13(1), 89-106. https://doi.org/10.3126/tulssaa.v13i1.98611

Issue

Section

Articles

How to Cite

Sharma, U. ., Dahal, D. P., & Bastola, H. R. (2026). नेपाली प्राज्ञिक लेखनमा सन्दर्भ व्यवस्थापनका आधारभूत पक्ष . TULSSAA Journal, 13(1), 89-106. https://doi.org/10.3126/tulssaa.v13i1.98611