संस्कृत काव्यशास्त्रको रससिद्धान्तमा रसनिष्पत्ति सम्बन्धी मतमतान्तर र निष्कर्ष

Authors

  • हरि प्रसाद तिमिल्सिना त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

Keywords:

उत्तपत्तिवाद, भुक्तिवाद, अनुमितिवाद, अभिव्यक्तिवाद, निष्पत्ति, संयोग आदि

Abstract

संस्कृत साहित्य समालोचनामा रससिद्धान्त महत्त्वपूर्ण सिद्धान्तका रूपमा स्थापित रहेको छ । संस्कृत समालोचनाको सुदीर्घ परम्परामा द्रुहिण, नन्दिकेश्वर हुँदै भरतमुनिले रससूत्रको निर्माण सहित चर्चा गरी सिद्धान्तका रूपमा स्थापित रससिद्धान्त उत्तरवर्ती आचार्यहरूद्वारा व्यापक चर्चा परिचर्चा, व्याख्या, विश्लेषण भई विकसित हुन पुगेको साहित्यिक मान्यता हो । रसभाव सम्बन्धी चर्चाका क्रममा आचार्य भरतमुनिले आप्mनो लक्षणग्रन्थ नाट्शास्त्रमा ‘विभावानुभावव्यभिचारीसंयोगाद्रसनिष्पत्ति’ अर्थात् विभाव, अनुभाव र व्यभिचारी भावको संयोगले रसको निष्पत्ति हुन्छ भन्ने उल्लेख गरेका छन् । भरतमुनिले यस सूत्रमा आएका ‘संयोग’ र ‘निष्पत्ति’ शब्दले दिने अर्थको स्पष्ट व्याख्या गरेको पाइँदैन । भरतमुनिको नाट्यशास्त्रमा मूल पात्र, नटनटी वा पाठक, भावक, स्रोता कसमा रसास्वादन हुन्छ भन्ने स्पष्ट उल्लेख नभएकाले परवर्ती आचार्यहरूले ‘संयोग’ र ‘निष्पत्ति’ शब्दको अर्थ आआप्mनै ढङ्गले लगाएको र आआप्mनै ढङ्गले व्याख्या विश्लेषण गरेको पाइन्छ । यस क्रममा रसनिष्पत्ति सम्बन्धी मान्यताको व्याख्या, विश्लेषण र मत मतान्तरमा कास्मिरी आचार्य भट्टलोल्लटको उत्पत्तिवाद, श्रीशङ्कुकको अनुमितिवाद, भट्टनायकको भुक्तिवाद तथा अभिनव गुप्तको अभिव्यक्तिवाद प्रमुख छन् । यी आचार्यहरू भन्दा पछाडि पनि आनन्दवर्धन, मम्मट, विश्वनाथ, जगन्नाथ र धनञ्जय समेतले भट्टलोल्लट, श्रीशङ्कुक, भट्टनायक तथा अभिनव गुप्तका अभिमतको उल्लेख गरेको पाइन्छ । यिनै प्रमाणहरूका आधारमा रसनिष्पत्ति सम्बन्धी सिद्धान्त वा मान्यताको व्याख्या विश्लेषण हुँदै आएको छ । यस अध्ययनमा रसास्वादन मूलपात्र (अनुकार्य), नटनटी (अनुकर्ता) र दर्शक, पाठक, स्रोता कसमा हुन्छ भन्ने सन्दर्भमा आआप्mनो मत प्रस्तुत गर्दै जाँदा अनुकार्यदेखि पाठक, भावक, स्रोतासम्म रसास्वादन हुने धारणाबाट उत्पत्तिवाद, अनुमितिवाद, भुक्तिवाद र अभिव्यक्तिवादको स्थापना हुन पुगेको र अभिव्यक्तिवाद नै वैज्ञानिक तथा पाठक, भावक र दर्शकको रसाभिव्यक्तिसँग सम्बन्धित रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
269
PDF
0

Author Biography

हरि प्रसाद तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

संस्कृत काव्यशास्त्रको रससिद्धान्तमा रसनिष्पत्ति सम्बन्धी मतमतान्तर र निष्कर्ष. (2023). Voice: A Biannual & Bilingual Journal, 15(2), 125-133. https://doi.org/10.3126/voice.v15i2.61456

Issue

Section

Articles

How to Cite

संस्कृत काव्यशास्त्रको रससिद्धान्तमा रसनिष्पत्ति सम्बन्धी मतमतान्तर र निष्कर्ष. (2023). Voice: A Biannual & Bilingual Journal, 15(2), 125-133. https://doi.org/10.3126/voice.v15i2.61456