भाषिक सिपको विकासमा उखान शिक्षण

Authors

  • इन्द्रबहादुर भण्डारी त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज, बाँके

DOI:

https://doi.org/10.3126/voice.v15i2.61459

Keywords:

नीतिशिक्षा, प्रतीयमान, लोकोक्ति, क्षितीज, बक्रोक्ति, व्यञ्जना, लोकानुभव

Abstract

उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लागि अत्यन्तै महत्वपूर्ण सामग्री बन्न सक्छ । भाषाशिक्षणका लागि उखानलाई उपयोगी सामग्रीका रूपमा प्रयोग गर्दा सिकारुले पहिलो कुरा त भाषिक सिप सिक्न सरल माध्यम बन्न सक्छ भने अर्कातिर लोकले सदियौंदेखि संगालेका लोकअनुभवहरुको ज्ञान प्राप्त गर्दै नैतिक शिक्षा प्राप्त गर्न सक्छन् । उखानको अन्तिम लक्ष्य भनेको नीतिशिक्षा प्रदान गर्नु हो । कुनै पनि व्यक्ति भाषिक रूपले क्षमतावान नभएसम्म वा आफ्नो ज्ञानको क्षितीज नबढाएसम्म नीतिशिक्षा व्याबहारिक ज्ञान प्राप्त गर्न सक्दैन । उखानहरू नीतिसन्देशमूलक र व्यङ्ग्यार्थ मूलक हुन्छन् भने रसिला पनि हुन्छन् । त्यसो त उखानहरू समाजका विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित हुन्छन् जसले समाजका हरेक क्षेत्रमा देखिएका समस्याहरूलाई सकारात्मक वा नकारात्मक दुबै रूपले व्यङ्ग्य गर्दै सकारात्मक सन्देश दिएका हुन्छन् । उखानले व्यक्त गर्ने नीतिसन्देश श्रोताको उमेर र स्तरअनुसार सामान्यदेखि उच्चस्तरको प्रतीयमान अर्थ दिने हुन्छ । त्यसैले उखानको अध्ययन गरी यसलाई भाषाशिक्षणको सामग्रीका रूपमा प्रयोग गरी एकातिर व्यावहारिक जीवनमा यसको प्रयोग गर्नु र अर्कातिर महत्वपूर्ण ज्ञान प्राप्त गर्नमा उखान शिक्षण उपयोगी साबित हुन सक्छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
15

Author Biography

इन्द्रबहादुर भण्डारी, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज, बाँके

शिक्षण सहायक

Downloads

Published

2023-12-31

How to Cite

भण्डारी इ. (2023). भाषिक सिपको विकासमा उखान शिक्षण. Voice: A Biannual &Amp; Bilingual Journal, 15(2), 142–149. https://doi.org/10.3126/voice.v15i2.61459

Issue

Section

Articles