डाइस्पोरिक साहित्य ः पहिचान, भाषा र सांस्कृतिक हाइब्रिडिटीको अन्वेषण

Authors

  • गिरिराज पौडेल उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

DOI:

https://doi.org/10.3126/voice.v17i1.84787

Keywords:

डायस्पोरा, पहिचान, भाषा, हाइब्रिडिटी, प्रवासी अनुभव, अप्रवासी, बहुआयामिक, अवधारणा

Abstract

डाइस्पोरिक साहित्यले आप्रवासी समुदायहरूको अनुभव, पहिचान संकट, र सांस्कृतिक हाइब्रिडिटीलाई उजागर
गर्दछ । यो लेखले डाइस्पोरिक साहित्यको परिभाषा, यसको विकासक्रम, र यसले कसरी आप्रवासीहरूको सांस्कृतिक र भाषिक पहिचानलाई प्रतिबिम्बित गर्छ भन्ने विषयमा चर्चा गर्दछ । साथै, नेपाली डाइस्पोरिक साहित्यमा सांस्कृतिक निरन्तरता र पहिचानको खोजी कसरी व्यक्त गरिएको छ भन्ने विषयमा पनि विश्लेषण गरिएको छ । यो लेख
डायस्पोरिक (प्रवासी) साहित्यमा पहिचान, भाषा र सांस्कृतिक हाइब्रिडिटीका प्रश्नहरूको विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्न केन्द्रित छ । डायस्पोरिक लेखनले आआफ्नो मुलुकबाट परदेसिएका व्यक्ति वा समुदायहरूको सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक अवस्थालाई कलात्मक रूपमा उजागर गर्छ । यो लेखमा प्रवासनपछि उत्पन्न हुने पहिचान संकट, मातृभाषा तथा स्वीकृत भाषाबीचको संघर्ष र दुई वा बढी संस्कृतिहरूको अन्तःक्रियाबाट उत्पन्न हुने सांस्कृतिक हाइब्रीडिटीको जटिलतामाथि विमर्श गरिएको छ । लेख अन्ततः डायस्पोरिक साहित्यको पहिचानका रूपमा प्रस्तुत गर्दै भाषा र संस्कृतिको गतिशीलतालाई उजागर गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF (नेपाली)
13

Published

2025-09-26

How to Cite

पौडेल ग. (2025). डाइस्पोरिक साहित्य ः पहिचान, भाषा र सांस्कृतिक हाइब्रिडिटीको अन्वेषण. Voice: A Biannual & Bilingual Journal, 17(1), 159–166. https://doi.org/10.3126/voice.v17i1.84787

Issue

Section

Articles