भावना सिद्धान्त र सञ्चारको सिद्धान्तीकरण

Authors

  • Nirmala Mani Adhikary

Keywords:

कुमारिल भट्ट, भावना सिद्धान्त, मीमांसा दर्शन, सञ्चारको भाट्ट– मीमांसा ढाँचा, सञ्चार ढाँचा, सञ्चार सिद्धान्त, सिद्धान्तीकरण

Abstract

यो लेखमा वैदिक परम्पराको एक प्रमुख दर्शनको रूपमा प्रतिष्ठित मीमांसा दर्शनको भावना सिद्धान्तबारे विवेचना गरिएको छ । यसमा छवटा उपशीर्षकहरू दिई विभिन्न खण्डमा भावना सिद्धान्तका अनेक पक्ष बारे परिचर्चा गरिएको छ । पहिलो खण्डमा मीमांसा दर्शनका परम्परामा भावना संज्ञाको अर्थ बारे चर्चा गरिएको छ । दोस्रो खण्डमा शाब्दी भावना र आर्थी भावनाको अन्तरसम्बन्ध स्पष्ट पारिएको छ । तेस्रो खण्डमा मीमांसा दर्शनका परिप्रेक्ष्यमा साध्य, साधन र इतिकर्तव्यताको विश्लेषण गरिएको छ । चौथो खण्डमा आर्थी भावना र चोदनाको अन्तरसम्बन्ध स्पष्ट पारिएको छ । पाँचौँ खण्डमा कुमारिल भट्टको ज्ञानविषयक सिद्धान्त र भावना सिद्धान्तको अत्यन्त संक्षिप्त तुलना गरिएको छ । छैटौँ खण्डमा भावना सिद्धान्तको प्रयोग गरी सञ्चारको सिद्धान्तीकरण कसरी भएको छ भन्ने संक्षेपमा चर्चा गरिएको छ ।

Abstract
285
PDF
27

Downloads

Published

2024-09-10

Issue

Section

Articles

How to Cite

Adhikary, N. M. (2024). भावना सिद्धान्त र सञ्चारको सिद्धान्तीकरण. Bodhi: An Interdisciplinary Journal, 10(2), 178-194. https://doi.org/10.3126/bodhi.v10i2.69689