नेपालमा इन्जिनियरिङ् शिक्षा प्रदान गर्ने विश्वविद्यालय र अपाङ्गता Nepalma Engineering Shikshya Pradan Garne University ra Apangata

Authors

  • न्हूछेनारायण Nhuchhenarayan श्रेष्ठ Shrestha इन्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक, त्रिभुवन विश्वविद्यालय Institute of Engineering, TU

DOI:

https://doi.org/10.3126/jie.v15i2.27672

Keywords:

प्राविधिक शिक्षा Pravidhik Shikshya, नेपालको संविधान २०७२, इन्जिनियरिङ् शिक्षा engineering education, विश्वविद्यालय र अपाङ्गता, University and disability

Abstract

विश्व एक्काइसौ शताब्दीमा प्रवेश गरे संगै शिक्षामा पनि आमूल परिवर्तन गर्दै प्राविधिक शिक्षा र व्यावहारिक शिक्षालाई समय सापेक्ष परिवर्तन गर्दै देश सुहाउंदो, देशको लागि आवश्यक पर्ने दक्ष, प्राविधिक जनशक्ति उत्पादन गर्ने मूल ध्येय नेपालमा खोलीएका ६ वटा विश्वविद्यालयको कांधमा रहेको छ । नेपालमा खोलीएका प्राविधिक बिषय अध्ययन अध्यापन हुने विश्वविद्यालयहरु विश्व प्रतिष्पर्धी, समय सुहाउंदो हुनु आवश्यक रहेको छ । नेपालको संविधान २०७२ अनुसार नेपालमा अपांगता भएका हरुलाई उचित रुपमा शिक्षा प्रदानका लागि राज्यलेनै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो । अहिलेको वर्तमान समयमा बिज्ञान तथा प्रबिधी अन्तरगतको इन्जिनियरिङ शिक्षाको महत्व नेपालमा मात्र नभई विश्वमानै उच्च रहेको छ । अहिले पनि दक्ष र क्षमतावान प्राविधीकहरुको माग संसार भरीनै बढेको तथ्याङ्कहरुबाट देख्न सकिन्छ । भौगोलिक रुपमा अविकसित राष्ट्र नेपालमा अहिले सम्म पनि गुणस्तरिय प्राबिधिकहरुको निकैनै खांचो देखिन्छ । भुकम्पले ध्वस्त भएका पुराना संरचनाको पुनःनिर्माण र नयां संरचनाको बिकास, जलस्रोतको धनि साथै सूचना तथा प्रबिधिमा खासै फड्को मार्न नसकेको अवस्थामा नयाँ संविधान मार्फत देशको राजनीतिक तथा भौगोलिक परिवर्तन संगै देशमा प्राबिधीक दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको र नेपाल सरकारको समृद्घि र विकासलाई सार्थक तुल्याउन समेत प्राविधिकहरुको ठूलो हात रहेको हुन्छ । नेपालको संविधानले अपांगता भएकाहरुलाई समानताको, शिक्षा सम्बन्धी मौलीक हकको ब्यबस्था गरेको छ र ती प्रावधानहरु कार्यान्वयन गर्नु सबैको कर्तव्य पनि हो । नेपालमा अपांगमैत्री भौतीक संरचनाहरु निर्माणका लागि पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने र व्यवहारमा समेत लागु गर्दै जानुपर्ने टड्कारो आवश्यकता रहेको छ अतः प्राविधिक बिषय अध्ययन अध्यापन गराउने विश्वविद्यालयहरुले इन्जिनियरिङ् शिक्षा सहजरुपमा प्रदान गर्नका लागि अपांगता भएकाहरुलाई भौतीक संरचना लगायत पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याउनु अपरिहार्य रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
232
pdf
374

Downloads

Published

2019-07-31

How to Cite

श्रेष्ठ Shrestha न. N. (2019). नेपालमा इन्जिनियरिङ् शिक्षा प्रदान गर्ने विश्वविद्यालय र अपाङ्गता Nepalma Engineering Shikshya Pradan Garne University ra Apangata. Journal of the Institute of Engineering, 15(2), 236–241. https://doi.org/10.3126/jie.v15i2.27672

Issue

Section

Articles