पोखरेली उपन्यासका मूल प्रवृत्ति (Pokhreli Upanyaska Mul Pravriti)

Authors

  • बिष्णु Bishnu प्रसाद Prasad पौडेल Poudel

DOI:

https://doi.org/10.3126/jjis.v3i0.17899

Keywords:

पोखरेली उपन्यास, सुधारवादी, शृङ्गारिक, राजनीतिक विद्रोह चेत, प्रयोगशील, वैचारिक र नारीवादी चेत

Abstract

प्रस्तुत लेख जहाँ जन्मे पनि पोखरा उपत्यकालाई कर्मभूमि बनाएर बसेका नेपाली उपन्यास सर्जकका औपन्यासिक कृतिहरूमा केन्द्रित छ । पोखरेली उपन्यास लेखनको खास थालनी २०११ सालको ‘को अछुत ?’ उपन्यासबाट भएको हो । त्यसपछि २०६८ सालसम्म प्रकाशित २३ जना उपन्यासकारका जम्मा ३७ वटा उपन्यासहरूको प्रवृत्तिपरक विश्लेषण गरेर निष्कर्षका रूपमा पोखरेली उपन्यासका मुख्य उपलब्धि र भावी चुनौतीको सङ्केत यस अनुसन्धानात्मक लेखमा पहिलो पटक गरिएको छ । यसरी हेर्दा आधुनिक युग चेतनासँगै बढी फस्टाउने उपन्यास रचनाले पोखरामा पनि २०११ साल प्रवेश गरी ६ दशकसम्ममा
क्रमशः सुधारवादी दृष्टिकोण, शृङ्गारिकता, राजनीतिक विद्रोह चेत, प्रयोगशीलता, वैचारिकता जस्ता विभिन्न प्रवृत्तिहरूको विकास गरी क्रमशः गुणात्मक फड्को मार्दै आएको त पाइन्छ तर यस्तो स्थिति सीमित पोखरेली उपन्यासकारका उपन्यासमा मात्रै छ । धेरैमा दृष्टिकोणको व्यापकता, कलाप्रतिको निष्ठा, ऐतिहासिक चेत सहितको थप मौलिकता, समसामयिकता, स्थानीयता, कथनको सघनता, साहित्यिकता र संरचनात्मक सौष्ठव जस्ता कुराको अभाव नै रहेको छ ।

Janapriya Journal of Interdisciplinary Studies, Vol. III (December 2014), Page:73-94

Downloads

Download data is not yet available.
Abstract
480
PDF
1516

Downloads

Published

2017-07-31

How to Cite

पौडेल Poudel ब. B. प. P. (2017). पोखरेली उपन्यासका मूल प्रवृत्ति (Pokhreli Upanyaska Mul Pravriti). Janapriya Journal of Interdisciplinary Studies, 3, 73–94. https://doi.org/10.3126/jjis.v3i0.17899

Issue

Section

Research Articles