मुक्तकका आधारभूत उपकरणका दृष्टिबाट यानी मुक्तक सङ्ग्रहको विश्लेषण

Authors

  • भूमिराज बस्ताकोटी उपप्राध्यापक, कन्या क्याम्पस पोखरा

DOI:

https://doi.org/10.3126/jjis.v9i1.46535

Keywords:

आधारभूत उपकरण, प्रगीतात्मक संरचना, मुक्तक, यानी, रुबाई

Abstract

प्रस्तुत लेख पोखरेली मुक्तककार सञ्जीव पौडेलको मुक्तक सङ्गह ‘यानी’ को आधारभूत उपकरणका दृष्टिले विश्लेषण गर्नमा केन्द्रित छ । आधारभूत उपकरणका आधारमा गरिने विश्लेषणले कृतिको साङ्गोपाङ्ग चित्र प्रस्तुत गर्दछ । यानीका बारेमा दैनिक पत्रिकाको एक ‘पुस्तक समीक्षा’ बाहेक अन्य कुनै पनि कोणबाट अध्ययन गरेको नपाइएकाले विश्लेषणको यस ढाँचा अवलम्बन गरिएको हो । विषयगत विविधता, रुबाई लय ढाँचाको प्रयोग, भावप्रधान, विचारप्रधान तथा दुबैको उचित संयोजनयुक्त प्रस्तुति, बिम्ब, प्रतीक तथा अलङ्कारको सार्थक उपयोग, मूलत: प्रगीतात्मक संरचनाको अवलम्बनजस्ता विशेषता विश्लेषणबाट देखिन आएका तथ्य हुन् । मुक्तकको मारकता सिद्ध गर्ने व्यञ्जना सामथ्र्य केही मुक्तकमा देखिए पनि कलात्मक उच्चता प्राप्तिका लागि सर्जकमा पर्याप्त साधनको खाँचो रहेको निष्कर्ष प्रस्तुत लेखको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
46
PDF
37

Downloads

Published

2020-07-01

How to Cite

बस्ताकोटी . भ. (2020). मुक्तकका आधारभूत उपकरणका दृष्टिबाट यानी मुक्तक सङ्ग्रहको विश्लेषण. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 65–74. https://doi.org/10.3126/jjis.v9i1.46535