लोकतत्वका दृष्टिले कर्णालीका लोककथाको पर्यावलोकन

Authors

  • सुलोचना खनाल उपप्राध्यापक, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/jjis.v9i1.46536

Keywords:

लोकसाहित्य, लोककथा, अतिकल्पना, जादु, धर्म, आत्मशीलता, लोकविश्वास

Abstract

यस लेखमा प्रथमत: लेखकको छोटो चिनारी दिई लोकसाहित्य अन्तर्गतको लोककथालाई स्पष्ट पार्ने काम गरिएको छ । त्यसपछि चर्चित लोकतत्त्वका आधारमा लोककथा विश्लेषणको ढाँचालाई सङ्केत गर्दै प्रस्तुत कर्णालीका लोककथाभित्रका लोककथाहरुलाई क्रमश: सङ्क्षेपमा विश्लेषण गरिएको छ । विश्लेषण गर्ने क्रममा लोककथाको मुख्य विषय र त्यहाँ प्रयोग भएको लोकतत्त्वलाई देखाइएको छ । कथाको अलग अलग विश्लेषणपछि कृतिको समग्र विश्लेषण गर्दै कृतिका परिसीमाहरुलाई पनि सङ्केत गरी अन्त्यमा निष्कर्ष प्रस्तुत गरिएको छ । निष्कर्ष अनुसार यस सङ्ग्रहका लोककथामा मुख्यत: धर्मप्रतिको विश्वास, अतिकल्पना, आत्मशीलता, जादु र विभिन्न लोकविश्वासहरु नै लोकतत्त्वका रूपमा रहेका छन् र तिनले तद्देशीय भौतिक, सांस्कृतिक अनि जनसामान्यको मानसिकतालाई समेत सङ्केत गरेका छन् । यस शोधको सामग्रीको स्रोत पुस्तकालय हो भने विश्लेषण विधि मूलत: निगमनात्मक र अंशत: आगमनात्मक रहेको छ ।

, , , , , 

Downloads

Download data is not yet available.
Abstract
50
PDF
63

Downloads

Published

2020-07-01

How to Cite

खनाल . स. (2020). लोकतत्वका दृष्टिले कर्णालीका लोककथाको पर्यावलोकन. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 75–87. https://doi.org/10.3126/jjis.v9i1.46536