भानुभक्तको रामायणमा वेदान्तदर्शन

Authors

  • प्रमोद पंज्ञानी नेपाली विभाग, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा

DOI:

https://doi.org/10.3126/jjis.v11i1.53918

Keywords:

आत्मा, जीव, ब्रह्म, भानुभक्तको रामायण, मोक्ष, वेदान्तदर्शन

Abstract

प्रस्तुत लेखमा पूर्वीय आस्तिक दर्शनअन्तर्गत पर्ने वेदान्तदर्शन र यसका मूल मान्यताहरूलाई सङ्क्षिप्तमा चिनाई त्यसैका आलोकमा कवि भानुभक्त आचार्यको रामायण महाकाव्यमा पाइने वेदान्तदर्शनको खोजी गरिएको छ । यस क्रममा उक्त काव्यकृतिभित्र रहेका केही काव्यांशलाई प्रतिनिधि रूपमा लिई तिनमा प्रयुक्त वेदान्त दर्शनलाई नियालिएको छ । अध्ययन विश्लेषण गर्ने क्रममा भानुभक्तको रामायण महाकाव्यभित्रका चयनित कवितांशहरूमा वेदान्तदर्शनको मान्यता अनुरुपका मूलभूत पक्षहरूको प्रयोग सहज एवम् स्पष्ट रूपले हुन गएको देखाइएको छ । अन्त्यमा भानुभक्तको रामायण महाकाव्य वेदान्तदर्शनका दृष्टिले महत्त्वपूर्ण एवम् अध्येय रहेको र वेदान्तदर्शनको प्रयोग नै विवेच्य महाकाव्यको रचनात्मक विशिष्टता हो भन्ने निचोड दिने काम भएको छ । यसमा पुस्तकालय स्रोतद्वारा सामग्री सङ्कलन गरिएको छ भने मूलत ः निगमनात्मक पद्घतिमार्फत व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
40

Downloads

Published

2022-12-31

How to Cite

पंज्ञानी प. (2022). भानुभक्तको रामायणमा वेदान्तदर्शन. Janapriya Journal of Interdisciplinary Studies, 11(1), 108–118. https://doi.org/10.3126/jjis.v11i1.53918