भानुभक्त आचार्यका कवितामा नारीप्रतिको दृष्टिकोण

Authors

  • सुलोचना खनाल नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/jjis.v11i1.53922

Keywords:

भानुभक्त आचार्य, नारीवाद, पितृसत्ता, प्रश्नोत्तर माला, वधूशिक्षा

Abstract

यस शोधमूलक लेखमा भानुभक्तका कवितामा नारीप्रतिको दृष्टिकोण निक्र्यौल गर्ने क्रममा उनका लघु र मध्यम आयामका रचनाहरूको नारीवादी सिद्धान्तका आलोकमा अनुशीलन गरिएको छ । यसमा सामग्री सङ्कलन पुस्तकालय र सामग्री विश्लेषण निगमनात्मक विधि (उदार नारीवादी) बाट गरिएको छ । यस क्रममा आचार्यका कवितामा अभिव्यक्त पितृसत्तात्मक र नारीवादी स्वरको अन्वेषण गरी निष्कर्ष कथन गरिएको छ । यसअनुसार आचार्यका कवितामा परम्परित धर्म, संस्कृति र सामाजिक मान्यताका आलोकमा मौलाएको पितृसत्तात्मक सोच नै बढी देखिएको छ । यस्तो दृष्टिकोण प्रश्नोत्तर र वधूशिक्षा कविता कृतिमा बढी छ तापनि नारी जातिप्रति नै भने विद्वेषको भाव आएको छैन । आमा, सासू, घरका अन्य मान्य नारीप्रति सद्भाव नै प्रकट भएको छ । यहाँ आचार्यका कवितागत तथ्यलाई वर्तमानका आँखाले मात्रै नहेरी तत्कालीन समग्र नारी विरोधी परिवेशलाई समेत ख्याल गरी मूल्याङ्कन गर्ने काम भएको छ । यसरी हेर्दा भानुभक्तका सीमित कवितामा नारीप्रति सकारात्मक दृष्टिकोण व्यक्त भए पनि धेरैमा तद्युगीन पितृसत्तात्मक स्वरहरू नै प्रकट भएका छन् । ती आजका दृष्टिले हेर्दा मानवता विरोधी पनि छन् तर त्यसकै आधार भानुभक्तको नारीप्रतिको नियत नै नकारात्मक भने थिएन भन्ने देखिएको छ किनभने उनको उद्देश्य नारीलाई कुशल गृहिणी बनाउनु रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
35

Downloads

Published

2022-12-31

How to Cite

खनाल स. (2022). भानुभक्त आचार्यका कवितामा नारीप्रतिको दृष्टिकोण. Janapriya Journal of Interdisciplinary Studies, 11(1), 146–156. https://doi.org/10.3126/jjis.v11i1.53922