नेपालमा छुवाछूत प्रथाको ऐतिहासिक विकास Nepalma Chuwachhut Prathako Aaitihasik Bikas

Authors

  • डोलराज Dolraj काफ्ले Kafle भक्तपुर बहुमुखी क्याम्पस, त्रि.वि., भक्तपुर Bhaktapur Multiple Campus, TU, Bhaktapur

DOI:

https://doi.org/10.3126/tuj.v28i1-2.26263

Keywords:

छुवाछूत Chhuwachhut, वर्णव्यवस्था Barna Byabastha, अमानवीय Amanabiya, सामाजिक विभेद samajik Bibhed, कलङ्क Kalanka, कुप्रथा Kupratha, अनुभूति Anubhuti, विकासको बाधक Bikasko badhak, अन्धविश्वासपूर्ण व्यवहार Andhabiswaspurna Byabahar

Abstract

भारतीय हिन्दू समाजमा ऋग्वेदकालतिर स्थापना गरिएको वर्णव्यवस्थाका आधारमा
जातिव्यवस्था विकसित भएको थियो । त्यही जातिव्यवस्थाका आधारमा विकसित भएको
छुवाछूत प्रथा अहिलेसम्म पनि नेपाली समाजमा विद्यमान रहँदै आएको छ । वर्णव्यवस्था र
त्यसभित्रको छुवाछूत प्रथा नेपालमा लिच्छविकालतिर भित्रिएर मल्ल, शाह, राणा र
पञ्चायतकाल हुँदै अगाडि बढ्दै आएको थियो । नेपाली समाजमा अहिले पनि यो प्रथा
सघन रूपमा कायमै छ । यसका विषयमा लिखित रूपमा जानकारी दिने पर्याप्त स्रोत र
सामग्रीहरूको पनि अभाव रहँदै आएको छ । केही मात्रामा प्राप्त स्वदेशी र विदेशी
लेखकहरूका पुस्तक तथा लेख–रचनाहरूको अध्ययन गरी वर्णनात्मक र विश्लेषणात्मक
आधारमा यो लेख तयार पारिएको छ । नेपालमा विद्यमान छुवाछूत प्रथाको अन्त्यका लागि
चालिएका कदममा प्रशस्त धन र समयको खर्च हुँदै आएको पाइन्छ । यस्तो हुँदा पनि
अपेक्षित प्रतिफल भने प्राप्त हुनसकेको छैन । यस्तो अवस्थामा नेपाली समाजलाई
विभिन्न विधिबाट सुसूचित तुल्याएर छुवाछूत जस्तो सामाजिक कलङ्कको रूपमा रहेको
यस प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको
देखिन्छ । यस प्रथाको अन्त्यका लागि एउटा सशक्त सामाजिक क्रान्तिको आवश्यकता
खड्किदै आएको छ । यस लेखले पनि नेपालमा छुवाछूत प्रथा कहिले कसरी भित्रियो र
विकसित हुँदै आएको छ भन्ने कुराको ऐतिहासिक सन्दर्भलाई खोजमूलक ढङ्गले
प्रस्ट्याउने प्रयत्न गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
307
pdf
11316

Author Biography

डोलराज Dolraj काफ्ले Kafle, भक्तपुर बहुमुखी क्याम्पस, त्रि.वि., भक्तपुर Bhaktapur Multiple Campus, TU, Bhaktapur

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2013-12-02

How to Cite

काफ्ले Kafle ड. D. (2013). नेपालमा छुवाछूत प्रथाको ऐतिहासिक विकास Nepalma Chuwachhut Prathako Aaitihasik Bikas. Tribhuvan University Journal, 28(1-2), 333–340. https://doi.org/10.3126/tuj.v28i1-2.26263

Issue

Section

Articles