प्रायश्चित्त कथामा आत्महत्याको सामाजिकता Prayashchitta Kathama Aatmahatyako Samajikata

Authors

  • विश्वराज Bishwaraj खतिवडा Khatiwada भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर, त्रि.वि. Bhaktapur Multiple Campus, Bhaktapur, TU

Keywords:

सामाजिक वास्तविकता Samajik Bastabikata, परोपकारी आत्महत्या Paropakari Aatmahatya, मूल्यहीन आत्महत्या Mulyaheen aatmahatya

Abstract

प्रस्तुत लेख गुरुप्रसाद मैनालीको प्रायश्चित्त (१९९३) कथामा पाइने आत्महत्याकोसामाजिकताको अध्ययनसँग सम्बद्ध छ । आत्महत्याको सामजिकता फ्रेञ्च समाजशास्त्रीइमाइल दुर्खिमले प्रतिपादन गरेका हुन् । आत्महत्या सामाजिक कारणले हुन्छ भन्ने मान्यताप्रस्तुत गर्ने उनी पहिलो समाजशास्त्री हुन् । उनको अध्ययनपूर्व मानिसले आत्महत्या गर्नुपर्नेकारणमा उसको वंशानुगत प्रवृत्ति वा मानसिक असङ्गतिलाई लिइन्थ्यो । उनले पूर्ववर्ती उक्तधारणालाई खण्डन गर्दै मानिसले आत्महत्या गर्नुका नेपथ्यमा सामाजिक कारण रहेको तथ्यप्रस्तुत गरे ।उनका अनुसार मानिसलाई आत्महत्या गर्न प्रेरित गर्ने कुरा उसको वंशानुगतवा मानसिक स्थिति नभई धर्म, नैतिकता, मूल्यमान्यता आदिको सामाजिक परिस्थतिनै हो ।प्रायश्चित्त कथाको समाज धर्म, नैतिकतामा आबद्ध छ । यस्तो समाजकी विधवा गौरीले धर्म,नैतिकताका विरुद्ध गोविन्दको गर्भ लिएपछि ऊ समाजबाट एक्लिन गई आत्महत्या गर्न बाध्यभएकी छ । यसकारण तत्कालीन सामजिक परिस्थितिकै कारण प्रस्तुत कथाकी मुख्य पात्रगौरीले पनि आत्महत्या गरेकी छ भन्ने यो लेखको सार हो । यसरी यस लेखमा व्यक्तिलेआत्महत्या उसको वैयक्तिक कारणले नभई सामाजिक परिबन्दका कारणले गर्दछ भन्ने कुराप्रायश्चित्त कथाले सिद्ध गरेको निष्कर्ष निकालिएको छ ।

Abstract
324
pdf
0

Author Biography

विश्वराज Bishwaraj खतिवडा Khatiwada, भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर, त्रि.वि. Bhaktapur Multiple Campus, Bhaktapur, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2019-12-20

How to Cite

खतिवडा Khatiwada व. B. (2019). प्रायश्चित्त कथामा आत्महत्याको सामाजिकता Prayashchitta Kathama Aatmahatyako Samajikata. Tribhuvan University Journal, 33(2), 155-170. https://doi.org/10.3126/tuj.v33i2.33642

Issue

Section

Science

How to Cite

खतिवडा Khatiwada व. B. (2019). प्रायश्चित्त कथामा आत्महत्याको सामाजिकता Prayashchitta Kathama Aatmahatyako Samajikata. Tribhuvan University Journal, 33(2), 155-170. https://doi.org/10.3126/tuj.v33i2.33642